Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

फाल्गुन २० । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री बन्न काँग्रेस सभापति देउवलाई सजिलो नभएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ छलफल गरेर निश्कर्ष निकाल्नुपर्ने उनले बताए ।
‘अहिलेको स्थिति नाजुक छ, संकटपूर्ण अवस्थामा छ’, उनले भने, ‘संकटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने कांग्रेस बाहेक अरुले भूमिका खेल्न सक्ने हैसियत देखेको छैन ।’ सरकार चलाउन प्रचण्ड–माधव समूहलाई सहयोग गर्न सकिने बताएका छन् । पौडेलले प्रचण्ड–माधव समूहलाई सहयोग गर्ने विषयमा सकरात्मक हुन सकिने बताएका हुन् । काँग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने उनको भनाइ छ ।
‘कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपुर्ण हुन्छ’, उनले भने । ओलीलाई सरकार चलाउन सहयोग गर्न कांग्रेसलाई नैतिकताले नदिने भन्दै उनले ओली बाहेकलाई सहयोग गर्न सक्ने बताए । प्रचण्ड–माधव समूहलाई सहयोग गर्न सकिने उनले बताए । ‘यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यो सम्बन्धमा अहिले छलफल हुन्छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय