Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
प्रधानमन्त्री बन्न देउवालाई सजिलो छैन : रामचन्द्र पौडेल
Nepali Unicode | Preeti to Unicode

फाल्गुन २० । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री बन्न काँग्रेस सभापति देउवलाई सजिलो नभएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ छलफल गरेर निश्कर्ष निकाल्नुपर्ने उनले बताए ।
‘अहिलेको स्थिति नाजुक छ, संकटपूर्ण अवस्थामा छ’, उनले भने, ‘संकटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने कांग्रेस बाहेक अरुले भूमिका खेल्न सक्ने हैसियत देखेको छैन ।’ सरकार चलाउन प्रचण्ड–माधव समूहलाई सहयोग गर्न सकिने बताएका छन् । पौडेलले प्रचण्ड–माधव समूहलाई सहयोग गर्ने विषयमा सकरात्मक हुन सकिने बताएका हुन् । काँग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने उनको भनाइ छ ।
‘कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपुर्ण हुन्छ’, उनले भने । ओलीलाई सरकार चलाउन सहयोग गर्न कांग्रेसलाई नैतिकताले नदिने भन्दै उनले ओली बाहेकलाई सहयोग गर्न सक्ने बताए । प्रचण्ड–माधव समूहलाई सहयोग गर्न सकिने उनले बताए । ‘यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यो सम्बन्धमा अहिले छलफल हुन्छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय