Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

फागुन २०। फिल्म ‘मिरर’ निर्माण हुने भएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीलाई मुख्य भुमिकामा लिएर फिल्म निर्माण हुन लागेको छ ।
थुप्रै नेपाली फिल्मका कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहने फिल्ममा प्रशान्त ताम्राकारको पनि अभिनय रहने बताइएको छ ।
कविराजले यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । चलचित्र बिकाश बोडमा समेत दर्ता भएको फिल्मको बिषयबस्तु भने अहिले सार्वजनिक गरिएको छैन ।
वैशाखबाट छायाँकनमा जाने फिल्मको बाँकी कलाकार, प्राबिधिक छिट्टै सार्वजनिक गरिनेछ निर्देशक कबिराजले बताए । फिल्म क्षेत्रमा नृत्य निर्देशक भएर काम गरेको अनुभव निर्देशकको रुपमा आफुले खन्याउन लागेको उनको भनाई रहेको छ ।
आर्यन र उपासनाले अहिले फिल्म ‘डिसेम्बर फल्स’ अभिनय गरिरहेका छन् । यो फिल्म सकिएपछि आर्यनले कविराजको ‘मिरर’मा समय दिनेछन् ।
अभिनयमा केही समय ग्याप रहेका आर्यन पछिल्लो समय धमाधम फिल्म साइन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय