Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

१९ फागुन । विश्व टी-२० क्रिकेटका स्टार क्रिस गेलले आफू जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न तयार रहेको बताएका छन् । श्रीलंकासँगको टी-२० सिरिजअघिको प्रेस कन्फ्रेन्समा गेलले जुनसुकै पोजिसनमा ब्याटिङ गरेपनि आफू खुसी हुने बताए ।
४१ वर्षीय गेलले कप्तान काएरन पोलार्ड र कोच फिल सिमोन्सले जुन पोजिसनमा भन्छ त्यही पोजिसनमा आफू ब्याटिङ गर्न तयार भएको बताएका हुन् । उनले आफू विश्वकै उत्कृष्ट रहेको बताए ।
‘अहिले म नम्बर ३ मा विशेषज्ञ जस्तो देखिन्छु,’ उनले जोक गर्दै भने, ‘यो भूमिका मलाई अनिल कुम्लेले दिएका हुन् । उनले आईपीएल सुरु हुनुअघि यस बारे भनेका थिए । मलाई यसमा कुनै समस्या भएन । उनीहरुले नम्बर ३ मा मेरो अनुभव चाहेका हुन् किनकी मायंक अग्रवाल र केएल राहुलले राम्रो गरिरहेका थिए ।’
श्रीलंका विरुद्ध सिरिज खेल्ने वेष्ट इन्डिजको १४ सदस्यीय टिममा चारजना ओपनर छन् । गेलसहित एभिन लेविस, लेन्डल सिमोन्स र आन्द्रे फ्लेचरले ओपनिङ गर्न सक्छन् ।
गेलले आफू नम्बर ३ वा नम्बर ५ जता पनि ब्याटिङ गर्न सक्ने बताए । ‘यदी ओपनिङ गर्नुछ भने म तयार छु । नम्बर ३, नम्बर ५ जता पनि म तयार छु । म अझै पनि विश्वको उतकृष्ट नम्बर ५, नम्बर ३ हुनेछ ।’ गेलले भने ।
गेलले आईपीएल २०२० मा पञ्जावका लागि नम्बर ३ मा ९ खेल खेल्दै ३९५ रन बनाएका थिए । उनको औषत ४३।८८ र स्ट्राइक रेट १४४।१६ थयियो ।
गेलले आफूले खेलबाट टाढा हुने सोच बनाएपनि यो वेष्ट इन्डिजबाट पुनरागमन गर्ने प्रस्ताव अस्वीकार गर्न असम्भव रहेको बताए । उनले वेष्ट इन्डिजमा आफ्नो मुटु रहेको बताए ।
यस्ते गेलले तेस्रो पटक टी-२० विश्वकप उपाधि जित्ने लक्ष्य बनाइरहेका छन् । ४१ वर्षीय गेलले यसअघि २०१२ र २०१६ मा टी२० विश्वकप जितेका थिए । सन् २०१९ को ओडीआई विश्वकप पछि गेल पहिलो पटक वेष्ट इन्डिजको जर्सीमा देखिन लागेका हुन् ।
उनले आगामी अक्टोबर(नोभेम्बर भारतमा हुने टी२० विश्वकप उपाधि रक्षा गर्न जस्तो भूमिका दिन्छ त्यो पूरा गर्न तयार रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय