Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

फागुन १९ । बलिउड कलाकार सोनु सुदले लकडाउनको समयमा थुप्रै प्रवासी मजदुरलाई उनीहरुको घरसम्म पुर्याउनका लागि काम गरे । सोनुको यो सामाजिक कार्यले खुबै प्रशंसा पायो । लकडाउन सकिएर जनजीवन सामान्य अवस्थामा फर्किएपछि पनि सोनुले सामाजिक कामलाई रोकेका छैनन् । उनले, आर्थिक अभावका कारण उपचार गर्न नसकेका, घर बनाउन नसकेका, अध्ययन गर्न नसकेका मानिसहरुलाई सहयोग गरिरहेका छन् ।
फ्रेवुअरी १३ तारिखमा, मधु पौडेल नाम गरेका एक नेपालीले सोनुसँग सहयोग मागे । ट्विटरमार्फत मधुले आफू १० बर्षदेखि ढाड दुख्ने समस्याबाट पीडित भएको र उपचारका लागि पैसा नभएको भन्दै सोनुसँग आर्थिक सहयोगको लागि आग्रह गरे । उनले, लठ्ठी टेकेर हिडिरहेको भिडियो पनि पोष्ट गरेका थिए ।
मंगलबार ट्विटरमा मधुलाई जवाफ फर्काउँदै सोनुले लेखेका छन्–‘अतिथी देवो भवः । भारतबाट नेपाल विना लठ्ठी पुग्नेछौ ।’ सोनुले मधुको उपचारमा पूर्ण रुपमा सहयोग गर्ने वाचा गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय