Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

१९ फागुन । साविक विजेता युभेन्ट्सले इटालियन सिरी ए मा स्पेजियविरुद्ध सहज जित हात पारेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियलाई ३-० ले पराजित गरेको हो ।
युभेन्ट्सको घरेलु मैदानमा खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा युभेन्ट्सले ३ गोल गर्‍यो ।
युभेन्ट्सका लागि ६१औं मिनेटमा अल्भारो मोराटा, ७१औं मिनेटमा फेडेरिको फिएसो र ८९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरे । यस सिजन लिगमा रोनाल्डोको यो २०औं गोल हो । उनी लगातार १२ सिजन युरोपको टप फायभ लिगमा २० गोल गर्ने पहिलो खेलाडीसमेत बने ।
जितपछि तेस्रो स्थानको युभेन्ट्सले २४ खेलबाट ४९ अंक जोडेको छ । युभेन्ट्स अझै शीर्ष स्थानको इन्टर भन्दा ७ अंकले पछि छ भने दोस्रो स्थानको एसि मिलानभन्दा ३ अंकले पछि छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय