Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
सरकार र विप्लव समूहबीच बालुवाटारमै पहिलो वार्ता
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

१९ फागुन। सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव समूहको वार्ता टोली सदस्यद्धय बुधबार विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए ।
मन्त्रिपरिषद् बैठक बस्ने हल नजिकैको कोठामा दुबै टोलीबीच केही घण्टा कुराकानी भएको थियो ।
पहिलो दिन भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।
अर्को वार्ताको मिति तोकिएको छैन । तर छिट्टै वार्तामा बस्न दुबै पक्ष सहमत रहेको स्रोतको दाबी छ ।
मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।
विप्लव समूहका नेताहरुले ‘राष्ट्रिय स्वाधिनता र जनताका जनजीविकाका बारेमा विद्रोहीले राखेका प्रस्ताव र सर्तमा राज्य पक्ष सकरात्मक भयो भने वार्ता अघि बढ्छ र त्यो संयुक्त सरकारसम्म पुग्न सक्छ’ भनेका छन् ।
संसद विघटनको प्रयासपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा फुट आएका वेला प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग सम्वादको प्रयास थालेका थिए । पटकपटकको अनौपचारिक छलफलपछि दुवै पक्षबाट वार्ता समिति गठन भएको थियो । ठोस छलफलमा बस्नुअघि प्रतिबन्ध फुकुवा, पक्राउ परेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने र औपचारिक पत्र पठाउनुपर्ने माग विप्लवका नेताहरुले राख्दै आएका थिए । तर, ती मागहरु पूरा हुनु अगावै बुधबार दुवै पक्ष वार्ताको टेबलमा देखिएका छन् ।
वार्तामा के के भयो भन्ने विषयबारे दुवै पक्षले विस्तृतमा खुलाएका छैनन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय