Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

१९ फागुन ।ताप्लेजुङ दोभान बजारका भएको आगलागीका पीडितलाई सरकारले ५ लाख रुपैयाँ दिने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले अग्नि पीडितका तर्फबाट ज्ञापनपत्र बुझ्दै पीडितलाई तत्काल १५ हजार राहत उपलब्ध गराइएको र दीर्घकालीन पुनःस्थापनाका लागि कार्यविधि सच्याएर ५ लाख दिने बताएका हुन् ।
ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी भई ४९ घर जलेर ध्वस्त भएका थिए भने डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्नि पीडित राहत तथा सहयोग समिति गठन गरी बुधबार गृहमन्त्री रामबहादुर थापालाई अग्नि पीडितको दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्प पीडित सरह सहयोगको माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।
त्यसैगरी ज्ञापन पत्र बुझाउँदै आगलागीका कारण आवासविहीन हुन पुगेका पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगको बजारमा आगलागीबाट हुने जोखिम र क्षति न्यूनीकरण गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन तथा आगलागी पीडितका लागि पीडितको हितमा व्यवस्थित सहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको प्रतिनिधि सभा सदस्य तथा दोभान बजार अग्नि पीडित राहत तथा सहयोग समितिका संयोजक योगेश भट्टराईले जानकारी दिए ।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्नि पीडितका लागि राहत र उद्धारको काम सुरु भइसकेको बताए । सोमबार नै टेन्ट, ब्याल्यांकेट पठाइएको र मंगलबार खाद्यान्न लगायतका अन्य सामग्री पठाइने उनको भनाइ छ । आवासका निम्ति भूकम्प पीडित सरहको मापदण्डका आधारमा आवश्यक रकम उपलब्ध गराउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय