
फागुन १९ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक अघि स्थायी समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा स्थायी समिति बैठक बसिरहेको हो ।
स्थायी समिति बैठकले केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्ने बताइएको छ।
सो बैठकपछि केन्द्रीय समिति बैठक बस्नेछ ।
केन्द्रीय समिति सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ ।