Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन १७ । परराष्ट्र मन्त्रालयले १० थान पूराना सवारी साधन बिक्री गर्ने भएको छ । मन्त्रालयले मोटरसाइकल एकथान र अन्य कार्यालय सम्बन्धि मालसामान पनि बिक्रीमा राखेको छ । लिलामी बिक्री सोझै वार्ताद्धारा हुनेछ । वार्ता प्रक्रियामा भाग लिन इच्छुक व्यक्ति, फर्म वा संस्थाले सूचना प्रकाशित भएको सोह्रौ दिन मध्यान्ह १२ बजेभित्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा सम्पर्क गर्नुपर्नेछ ।
वार्तामा सहभागी भएर सामान सकार गर्न रकम कबोल गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफुले बोलकबोल गरेको रकमको १३ प्रतिशत मूल्य अभिबृद्धि कर समेत जोडेर आउने रकमको १० प्रतिशत नगदै धरौटी बुझाउनुपर्नेछ । रकम जममा नगरेसम्म बोलकबोल रकमलाई मान्यता नदिने मन्त्रालयले जनाएको छ । सरकारी सवारी साधन कवाडीको रुपमा फाल्ने र वर्षेनी नयाँ सवारी साधन किनेर राज्य कोषको चरम दुरुपयोग भएको भन्दै आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय