Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

फागुन १७ । परराष्ट्र मन्त्रालयले १० थान पूराना सवारी साधन बिक्री गर्ने भएको छ । मन्त्रालयले मोटरसाइकल एकथान र अन्य कार्यालय सम्बन्धि मालसामान पनि बिक्रीमा राखेको छ । लिलामी बिक्री सोझै वार्ताद्धारा हुनेछ । वार्ता प्रक्रियामा भाग लिन इच्छुक व्यक्ति, फर्म वा संस्थाले सूचना प्रकाशित भएको सोह्रौ दिन मध्यान्ह १२ बजेभित्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा सम्पर्क गर्नुपर्नेछ ।
वार्तामा सहभागी भएर सामान सकार गर्न रकम कबोल गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफुले बोलकबोल गरेको रकमको १३ प्रतिशत मूल्य अभिबृद्धि कर समेत जोडेर आउने रकमको १० प्रतिशत नगदै धरौटी बुझाउनुपर्नेछ । रकम जममा नगरेसम्म बोलकबोल रकमलाई मान्यता नदिने मन्त्रालयले जनाएको छ । सरकारी सवारी साधन कवाडीको रुपमा फाल्ने र वर्षेनी नयाँ सवारी साधन किनेर राज्य कोषको चरम दुरुपयोग भएको भन्दै आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय