Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

फागुन १७ । पछिल्लो समय धेरैको मन जितेको आमाुका निर्देशक दीपेन्द्र के। खनालको नयाँ फिल्म ‘चिसो मान्छे’को छायांकन आज सोमबारदेखि सुरु भएको छ। सामाजिक सञ्जालमा निर्देशकले शुभ मुहर्तको पूजा गरेको फोटो सामाजिक सञ्जालमा राख्दै छायांकन सुरु भएको जानकारी दिए।
शर्मिला पाण्डेको निर्माणमा तयार हुने ‘चिसो मान्छे’मा नायिका स्वस्तिमा खड्का, कलाकार अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायत कलाकार महत्वपूर्ण भूमिकामा छन्। फिल्ममा सुभाष भुषालको संगीत रहनेछ।
दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा बन्न लागेको फिल्म काठमाडौंदेखि बाजुरासम्मका विभिन्न लोकेसनमा फिल्म खिचिने बताइएको छ।
शर्मिला पाण्डे फिल्मकी निर्माता हुन्। यसअघि दीपेन्द्र र शर्मिलाको सहकार्यमा बनेको ुआमाु दर्शक र समीक्षकको मन जित्न सफल भएको थियो।
फिल्मको प्रदर्शन मिति आगामी वर्षको भदौ ११ तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय