Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन १७ । पछिल्लो समय धेरैको मन जितेको आमाुका निर्देशक दीपेन्द्र के। खनालको नयाँ फिल्म ‘चिसो मान्छे’को छायांकन आज सोमबारदेखि सुरु भएको छ। सामाजिक सञ्जालमा निर्देशकले शुभ मुहर्तको पूजा गरेको फोटो सामाजिक सञ्जालमा राख्दै छायांकन सुरु भएको जानकारी दिए।
शर्मिला पाण्डेको निर्माणमा तयार हुने ‘चिसो मान्छे’मा नायिका स्वस्तिमा खड्का, कलाकार अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायत कलाकार महत्वपूर्ण भूमिकामा छन्। फिल्ममा सुभाष भुषालको संगीत रहनेछ।
दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा बन्न लागेको फिल्म काठमाडौंदेखि बाजुरासम्मका विभिन्न लोकेसनमा फिल्म खिचिने बताइएको छ।
शर्मिला पाण्डे फिल्मकी निर्माता हुन्। यसअघि दीपेन्द्र र शर्मिलाको सहकार्यमा बनेको ुआमाु दर्शक र समीक्षकको मन जित्न सफल भएको थियो।
फिल्मको प्रदर्शन मिति आगामी वर्षको भदौ ११ तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय