Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

फागुन १७ । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६र७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् ।
राज्यले विवाहको उमेर २० वर्षभन्दामाथि कायम गरेको भए पनि जिल्लामा २० वर्ष नपुग्दै विवाह गर्ने किशोरी गर्भवती हुने क्रम बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६र७७ मा जिल्लाभरीबाट तीन हजार ६४५ ले स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा प्रसूति सेवा लिएका छन् । सानै उमेरमा विवाह गर्ने गरेका कारण उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या ठूलो रहेको बताइएको छ ।
अघिल्ला वर्षको तुलनामा उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या घट्दै गएको भए पनि अझै पूर्ण रुपमा अन्त हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य श्रेष्ठले बताए । उनका अनुसार जिल्लामा आव २०७४र७५ मा २० प्रतिशत महिला २० वर्ष भन्दा कम उमेरमा नै आमा भएको देखिएको छ भने आव २०७५र७६ मा १७ प्रतिशत र आव २०७६र७७ मा ११ प्रतिशत महिला उमेर नपुग्दै आमा बनेका छन् ।
सो कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउन महिनायता जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने ६९९ मध्ये १७ जना २० वर्षभन्दा कम उमेरका रहेको बताइएको छ ।
चालू आर्थिक वर्षको साउनयता मात्र दिपायल सिलगढी नगरपालिका क्षेत्रभित्रमा मात्रै ७० जना २० वर्षभन्दा कम उमेरका गर्भवतीले अल्ट्रासाउण्ड सेवा लिएको पाइएको छ । जिल्लामा सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या बढ्दै जान थालेपछि यसले आमा र बच्चाको स्वास्थ्यमा समेत समस्या आउने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी आइजङ्ग कुँवरको भनाइ छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय