Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

१७ फागुन।धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणमा हालसम्म ४३ करोड खर्च भई सकेको छ ।
सोमबार एक पत्रकार सम्मेलन गर्दै फाउन्डेसनले आफ्नो खर्च र आम्दानी सार्वजनिक गरेको छ । हाल सम्म रंगशाला निर्माणमा ४३ करोड ४८ लाख खर्च भई सकेको फाउन्डेसनले जनाएको छ । ४३ करोड खर्च हुँदा ३२ करोड ३० लाख २४ हजार संकलन भएको छ । फाउन्डेसन ११ करोड १७ लाख ८२ हजार ऋणमा रहेको छ । ऋणको कारण अपेक्षित रुपमा निर्माण कार्य अघि बढाउन नसकिएको फाउन्डेसनले जनाएको छ ।
रंगशाला निर्माणको लागि कुल लगात ३ अर्व ५५ करोड अनुमान गरिएको छ । परियोजना निर्माणको कुल लागत रकमको ९।१० प्रतिशत संकलन भएको छ । मुख्य क्रिकेट खेल मैदानको ८५ प्रतिशतक काम सम्पन्न भई सकेको छ । प्याराफिटतर्फ काम ३० प्रशितक सकिएको फाउन्डेसनले जनाएको छ ।
त्यस्तै आर्थिक सहयोग जुटाउन हाम्रो रंगशालामा मेरो कुर्सी अवधारणा सार्वजनिक गरिएको छ । हाम्रो रंगशालामा मेरो कुसी अवधारणा सार्वजनिक गरिएको हो । यस अभियान अन्तर्गत प्रत्येक ब्यक्ति, संस्था र समूहले आ आफ्नो नाम वा परिवारको साथै अन्य नाममा कुर्सी सुरक्षित गर्न सक्ने छन् ।
एउटा कुर्सी सुरक्षित गर्न १ लाख रुपैयाँ तिनुपर्ने हुन्छ । मोबाइल एप्स, फेसबुक र अन्य संचार माध्यमहरु मार्फत एक महिना भित्र सार्वजनिक रुपमा उपलब्ध गराइले फाउन्डेसनले जनाएको छ । यस अभियानबाट रंगशाला निर्माणको लागि ३ अर्व संकल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय