Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

१७ फागुन । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिएका छन्। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो।
त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडमाथि जित निकाल्यो। ब्रमल लेनमा सम्पन्न खेलमा अंकतालिकाको पुछारमा रहेको घरेलु टोली सेफिल्डमाथि लिभरपुलले २(० गोलअन्तरले जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा लिभरपुलले अग्रता बनाएको थियो।
खेलको ४८ औं मिनेटमा कर्टिस जोन्सको गोलमा अग्रता बनाएको लिभरपुलले दोस्रो आत्मघाती गोल उपहारमा पाएको थियो। ६४ औं मिनेटमा घरेलु टोलीका किम ब्रयनले आत्मघाती गोल गर्दा लिभरपुलले दोस्रो गोल गर्‍यो। र, २(० ले घरेलु टोलीमाथि जित निकाल्यो।
योसँगै २६ खेल खेलेको लिभरपुल हारको लामो शृङखला तोड्दै ४३ अंक जोडेर तालिकाको छैठौं स्थानमा उक्लिएको छ। त्यस्तै चेल्सीसँग बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंकदुरी घटाउने होडमा पछि परेको छ। दोस्रो स्थानमा २६ खेल खेलेर ५० अंक जोडेको म्यानचेस्टर युनाइटेड छ भने शीर्षस्थानमा समान खेल खेलेर ६२ अंक जोडेको सिटी छ। त्यस्तै बराबरी खेलेको चेल्सी २६ खेलबाट ४४ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ। त्यस्तै जारी सिजन तीनवटामात्र जित निकालेको सेफिल्ड युनाइटेड ११ अंक जोड्दै तालिकाको पुछारमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय