Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

१७ फागुन । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिएका छन्। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो।
त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडमाथि जित निकाल्यो। ब्रमल लेनमा सम्पन्न खेलमा अंकतालिकाको पुछारमा रहेको घरेलु टोली सेफिल्डमाथि लिभरपुलले २(० गोलअन्तरले जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा लिभरपुलले अग्रता बनाएको थियो।
खेलको ४८ औं मिनेटमा कर्टिस जोन्सको गोलमा अग्रता बनाएको लिभरपुलले दोस्रो आत्मघाती गोल उपहारमा पाएको थियो। ६४ औं मिनेटमा घरेलु टोलीका किम ब्रयनले आत्मघाती गोल गर्दा लिभरपुलले दोस्रो गोल गर्‍यो। र, २(० ले घरेलु टोलीमाथि जित निकाल्यो।
योसँगै २६ खेल खेलेको लिभरपुल हारको लामो शृङखला तोड्दै ४३ अंक जोडेर तालिकाको छैठौं स्थानमा उक्लिएको छ। त्यस्तै चेल्सीसँग बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंकदुरी घटाउने होडमा पछि परेको छ। दोस्रो स्थानमा २६ खेल खेलेर ५० अंक जोडेको म्यानचेस्टर युनाइटेड छ भने शीर्षस्थानमा समान खेल खेलेर ६२ अंक जोडेको सिटी छ। त्यस्तै बराबरी खेलेको चेल्सी २६ खेलबाट ४४ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ। त्यस्तै जारी सिजन तीनवटामात्र जित निकालेको सेफिल्ड युनाइटेड ११ अंक जोड्दै तालिकाको पुछारमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय