Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

१७ फागुन । इटालियन सिरी एमा दुवै मिलान क्लब विजयी भएका छन् । शीर्ष स्थानको इन्टर र दोस्रो स्थानको एसी मिलानले जित हात पार्दै उपाधि होडमा आफूलाई अगाडि राखेका छन् ।
आइतबार राति भएको खेलमा इन्टरले जेनोअलाई ३-० ले हरायो । इन्टरका लागि रोमेलु लुकाकले खेलको पहिलो मिनेटमै गोल गरे । यस्तै माटेओ डार्मिनले ६९औं र एलेक्सिस सान्चेजले ७९औं मिनेटमा गोल गरे ।
यस्तै अर्को खेलमा एसी मिलानले रोमालाई २-१ ले हरायो । रोमाको मैदानमा भएको खेलको ४३औं मिनेटमा फ्रान्स केसीले पेनाल्टीमा गोल गर्दै मिलानलाई पहिले अग्रता दिलाएका थिए । ५०औं मिनेटमा जोर्डन भेरेटाउटले रोमाको लागि बराबरी गोल फर्काए । तर ५८औं मिनेटमा एन्टे रेबिकले गोल गर्दै एसी मिलानलाई जित दिलाए ।
जितपछि इन्टरको २६ खेलबाट ५६ अंक छ । समान खेलबाट ५२ अंक जोड्दै एसी मिलानले अंक दूरी ४ मा झारेको छ । रोमा २४ खेलबाट ४४ अंकसहित पाँचौ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय