Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

१७ फागुन । इटालियन सिरी एमा दुवै मिलान क्लब विजयी भएका छन् । शीर्ष स्थानको इन्टर र दोस्रो स्थानको एसी मिलानले जित हात पार्दै उपाधि होडमा आफूलाई अगाडि राखेका छन् ।
आइतबार राति भएको खेलमा इन्टरले जेनोअलाई ३-० ले हरायो । इन्टरका लागि रोमेलु लुकाकले खेलको पहिलो मिनेटमै गोल गरे । यस्तै माटेओ डार्मिनले ६९औं र एलेक्सिस सान्चेजले ७९औं मिनेटमा गोल गरे ।
यस्तै अर्को खेलमा एसी मिलानले रोमालाई २-१ ले हरायो । रोमाको मैदानमा भएको खेलको ४३औं मिनेटमा फ्रान्स केसीले पेनाल्टीमा गोल गर्दै मिलानलाई पहिले अग्रता दिलाएका थिए । ५०औं मिनेटमा जोर्डन भेरेटाउटले रोमाको लागि बराबरी गोल फर्काए । तर ५८औं मिनेटमा एन्टे रेबिकले गोल गर्दै एसी मिलानलाई जित दिलाए ।
जितपछि इन्टरको २६ खेलबाट ५६ अंक छ । समान खेलबाट ५२ अंक जोड्दै एसी मिलानले अंक दूरी ४ मा झारेको छ । रोमा २४ खेलबाट ४४ अंकसहित पाँचौ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय