Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

१५ फागुन । राष्ट्रगानका सङ्गीतकार एवम् सङ्गीतज्ञ स्व अम्बर गुरुङको ८३ औं जन्मजयन्ती विशेष साङ्गीतिक प्रस्तुतिसहित मनाइएको छ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति गुरुङको जन्मजयन्तिका अवसरमा प्रतिष्ठानले शुक्रवार आफ्नै कार्यालय परिसर बालुवाटारमा आयोजना गरेको कार्यक्रममा कलाकार सञ्जय तुम्रुक, दुर्गा परियार, रुपक चौधरीले गुरुङको सङ्गीतमा रहेको रातो र चन्द्र सूर्य बोलको गीत प्रस्तुत गरे।
त्यसैगरी प्राज्ञ भरत नेपाली, धनबहादुर गुरुङ लोकराज राईको वाद्यवादनमा नौलखातारा आकाशमा।।, हे कान्छा।।लगायतका गुरुङद्वारा सिर्जित धून प्रस्तुत भएको थियो।
प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’को सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले गुरुङलाई आफ्नो जीवन नै सङ्गीतका माध्यमबाट राष्ट्रका लागि समर्पित गर्ने एक विशिष्ट व्यक्तित्वका रुपमा चित्रित गरे। उनले सङ्गीतवद्ध गरेका मायाप्रेमका गीतदेखि राष्ट्रिय भावले ओतप्रोतका सबै गीतमा एक किसिमको दार्शनिकताको आभास रहेको उल्लेख गरे।
वरिष्ठ गीतकार तथा पत्रकार रमण घिमिरेले गुरुङलाई सङ्गीत क्षेत्रमा आत्म केन्द्रित व्यक्तित्वको रुपमा चित्रित गर्दै दार्जिलिङमा रहँदा गुरुङको जीवन सङ्घर्षका बारेमा जानकारी गराए। नौलाखातारा उदायो।।।बाट चर्चा कमाउन सफल भएपनि सङ्गीत क्षेत्रबाट जीविकोपार्जन हुने नदेखिएपछि सङ्गीतकर्म छोडेर कृषिकर्मतर्फ लाग्ने सोच बनाइरहँदा शङ्कर लामिछानेको संगतपछि फेरि सङ्गीत कर्मलाई निरन्तरता दिएको कुरा पनि सो अवसरमा घिमिरेले सुनाए।
त्यस्तै प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा देवी नेपालले गुरुङले सङ्गीत सिर्जन गर्नुभएका निकै लोकप्रिय हे कान्छा।।।, म अम्बर तिमी धर्ती, सम्हालेर राख सङ्गालेर राख।।।, होसियार, समयको भीडमा आफूलाई चिन, मेरो आँखालाई राख्ने फुलबारी छैनजस्ता गीतभित्रका दार्शनिक पाटोलाई उजागर गर्नुहँदै शब्द, सङ्गीत र स्वरको त्रिवेणीका रुपमा गुरुङलाई चित्रण गरे। रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय