Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

१५ फागुन। भेट्रान ब्याट्सम्यान क्रिस गेल दुई वर्षपछि राष्ट्रिय टिममा फर्केका छन् । वेष्ट इण्डिजले श्रीलंकाविरुद्धको टी-२० र ओडीआई सिरिजका लागि टिम घोषणा गर्दा गेल टी-२० टिममा अटाएका हुन् ।
शुक्रबार वेष्ट इण्डिजले किरण पोलार्डको कप्तानीमा १४ सदस्यीय टी-२० र १३ सदस्यीय वानडे टिम घोषणा गरेको हो ।
यसपटक वेष्ट इण्डिजले टिममा व्यापक परिवर्तन भएको छ । क्रिस गेल, फिडेल एडवाड्र्स, जेसन होल्डर जस्ता अनुभवी खेलाडी टी-२० टिममा परेका छन् । यस्तै एभिन लुइसले पनि पुनरागमन गरेका छन् । शिमरोन हेतमायर, सेल्ड्रन कट्रेल, ओसेन थोमस, किमो पउल, ब्रेण्डन किङ भने टिममा अटाएनन् ।
वेष्ट इण्डिजले घरेलु मैदानमा यही मार्च ४ देखि श्रीलंकाविरुद्ध तीन खेलको टी-२० सिरिज खेल्दैछ । टी-२० सिरिजपछि वेष्ट इण्डिज र श्रीलंकाले तीन खेलकै ओडिआई सिरिज पनि खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय