Nepali Unicode | Preeti to Unicode

फागुन १५ । पछिल्लो समय नेपालमा स्तनपान गराउने आमाको सङ्ख्या क्रमशः घट्दै गएको छ । आमाहरूले आफ्ना बच्चालाई किन स्तनपान कम गराउन थाले स्तनपान नगराउँदा बच्चा र आमाको स्वास्थ्यमा कस्तो असर पर्छ रु के बजारमा सहज रूपमा उपलब्ध फर्मुला मिल्कले आमाको दूधलाई प्रतिस्थापन गर्न सक्छ रु बजारको दूधले बच्चाको शरीरिक मानसिक वृद्धि विकासमा कस्तो असर पु(याउँछ रु फर्मुला मिल्क र स्तनपान गर्ने बच्चाबीच शारीरिक तथा मानसिक विकासमा केकस्ता भिन्नता देखिन्छ रु यिनै विषयमा केन्द्रित रहेर परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाका प्रमुख केदारराज पराजुलीसँग माया श्रेष्ठले गरेको कुराकानी
नेपामा स्तनपान गराउने आमाको सङ्ख्या क्रमशः घट्दै गएको हो 
आजभन्दा २० वर्षअगाडि ८८ प्रतिशत आमाहरूले आफ्ना सन्तानलाई स्तनपान गराउँथे । अहिले त्यो सङ्ख्या घटिरहेको छ । जस्तै २०१६ को सर्वेक्षणमा ६६ प्रतिशत आमाले स्तनपान गराउने गरेको तथ्याङ्क पाइन्छ । २०१९ मा गरिएको एउटा मिक्स सर्वेले स्तनपान गराउनेको सङ्ख्या घटेर ५५ प्रतिशतमा झरेको छ । एकतिर आधुनिकीकरण अर्कोतिर साक्षरता दर पनि बढिरहेको छ । एसएलसी, प्लस टु गर्ने, ब्याचलर, मास्टर्स गर्ने पनि बढेको छन् । महिलाहरूको साक्षरता दर बढेसँगै घरबाहिरको काममा व्यस्त हुन थाले । महिलाहरू काममा यति व्यस्त भए आफ्ना बालबालिकालाई समय दिन सकेका छैनन् । आधुनिकीकरणसँगै आएको एउटा अभ्यास के हो भने हाम्रो फास्टफुड खाने प्रवृत्ति बढ्दै गएको छ । व्यस्त हुने ठाउँमा प्रायः तयारी खाना सजिलै उपलब्ध हुन्छ । यस्ता फास्टफुड खाने प्रवृत्तिले आमा र बच्चा बीचको दूरी बढाउन थाल्यो । बच्चालाई बजारमा तयारी फर्मुला मिल्क उपलब्ध हुन थाल्यो । आमालाई जुन ठाउँमा काम गर्न जान्छिन्, त्यही ठाउँ तयारी खानाको व्यवस्था हुन थाल्यो । त्यसले गर्दा आमा काममा व्यस्त हुने, बच्चालाई स्याहार गर्ने विकल्पहरू खोज्ने यो अहिले एउटा ठूलो समस्या हो । स्तनपानको महत्त्व नै मान्छेहरूले बुझेनन् । राम्रोसँग स्तनपान गराएको खण्डमा ६ महिनासम्म अरू खाना आवश्यक पर्दैन । त्यसैले बच्चा जन्मेको १ घण्टाभित्र आमाको बिगौते दूध खुवाउनुपर्छ । आमाको बिगौते दूध भनेको बालबालिकाका लागि पहिलो प्राकृतिक खोप हो । त्योभन्दा प्रभावकारी खोप अरू हुनै सक्दैन ।
बिगौते दूध पहिलो महत्त्वपूर्ण खोप हो भन्नुभयो तर आमाको पहिलो बिगौते दूध खुवाउन हुँदैन भन्ने समुदायमा अन्धविश्वास पनि छ नि

त्यो भनेको बुझाइमा समस्या हो । अहिले पनि हामी पुरातनवादी सोचबाट ग्रसित छौँ । बिगौते दूधमा बच्चाको शरीरलाई फाइदा हुने, रोगप्रतिरोधात्मक क्षमता विकास गर्ने तत्त्व सबैभन्दा बढी हुन्छ । बच्चा जन्मेको पहिलो दिन पेट नै सानो हुन्छ । प्रकृतिले नै जन्मिएकै दिन आमाको बिगौते दूध खाए पुग्ने बनाइदिएको छ । बच्चाको पेट पनि सानो गुच्चाको जस्तो हुन्छ । त्यसपछि हरेक दिन बढ्दै जान्छ । तर जुन चिजलाई हामीले अन्जानमा अथवा बाक्लो हुन्छ, चुस्न सक्दैन भनेर बिगौते दूध फालिन्छ त्यो एकदमै गलत हो । अध्ययनले पनि के देखाएको छ भने जुन बच्चाले सुरुको बिगौते दूध खाएको हुन्छ त्यसलाई अरू बच्चालाई भन्दा रोग लाग्ने सम्भावना धेरै कम हुन्छ । साथै त्यस बच्चालाई पछि गएर लाग्ने रोगहरू सुगर, मिर्गौला, मुटु तथा अन्य सरुवा रोग पनि कम लाग्छ । त्यस्ता बच्चाको मृत्युदर पनि कम हुन्छ । बिगौते दूध मात्रै होइन त्यसपछि पनि लगातार ६ महिनासम्म आमाको मात्रै दूध खुवाउनुपर्छ । त्यो समय बच्चालाई पानी पनि ख्वाइराख्न आवश्यक छैन । तराईतिर बच्चा जन्मने वित्तिकै थोरै मह वा सखर चटाइदिने चलन छ । बच्चालाई केही पनि चटाउन पर्दैन । किनभने बच्चाका लागि अमृत बराबर काम गर्ने आमाको बिगौते दूध हो । यति कुरा बुझ्न सक्ने हो भने हाम्रा बालबालिकाको भविष्य सुनिश्चित गर्न सक्छौँ । किनभने बिगौते दूधले बच्चाको शरीरमा प्रतिरोधात्मक क्षमता बढ्छ, उसको शरीर बलियो हुन्छ । ६ महिनासम्म बालबालिकालाई दूध खुवाउन सक्यौँ भने ती बालकालिका वृद्धि विकास राम्रो हुन्छ । जस्तै नेपालको सन्दर्भमा एउटा बालबालिका जन्मिँदा साढे २ केजीदेखि साढे ३ केजीसम्मको जन्मन्छ । बच्चाको उचाइ पनि ४५ देखि ५० सेन्टिमिटरसम्म हुन्छ । ५ महिनामा आमाको दूध खाएको बच्चाको तौल जन्मिदाको भन्दा डबल हुन्छ । बच्चाको उचाइ पनि एक वर्षमा झण्डै ५० प्रतिशतले बढ्नुपर्छ । साथै मासिक रूपमा बच्चा तौल आधा किलो दरले बढ्यो कि बढेन भनेर थाहा पाउनुपर्छ । शारीरिक मानसिक रूपमा बच्चाको वृद्धि विकासका लागि आमाको दूधले सहयोग गर्छ ।
शारीरिक र मानसिक रूपमा बच्चाको विकास हुन आमाको दुध अति आवश्यक पर्छ भन्नुभयो, आमाहरूले पनि खानपान कस्तो हुनुपर्छ
बच्चाले दुध खाने त आमा हो । तर, आमो खानपान र स्वास्थ्यमा ख्याल गर्न जरुरी छ । बच्चालाई दुध खुवाउने आमाले दिनमा ६ पटकसम्म खाना खानुपर्छ । सुत्केरी आमा,बच्चा काखमा भएका आमाहरूले कम्तीमा ६ पटक खानुपर्छ । सामान्यतया अन्य मानिस हरेक दिन ४ पटक खान्छन् । चारपटकसम्म खाइने खानामा एक पटक गेठागुडी, अनाज जस्तै दात, रोटी ढिडो आदि, फलफुल सागपात, सुत्केरीमा सागपात खान हुँदैन, फलफुल खान हुँदैन चिसो लाग्छ भनिन्छ त्यो गलत कुरा हो । दही, दुध, ध्यु, माछा, मासु खानुपर्छ । अन्य बेलामा भन्दापनि सुत्केरीमा माछामासु, ध्यु बढि ख्वाउने चलन छ । तर, सुत्केरी भनेर चाहिए भन्दा बढि घ्यु खुवाउन हुँदैन । सामान्यतया ४ पटक अरुले खाने र त्यसमा दुई पटकसम्म त्यही खाना थप गरेर बच्चाको आमालाई खुवाउनुपर्छ । दिनमा ६ पटकसम्म आमाले खाना खाएपछि बच्चालाई पुग्ने प्रशस्त मात्रामा पुग्ने दुध आउँछ ।
बच्चा ६ महिना पुगेपछि आमाको दूधसँगै कसरी खाना खुवाउन पर्छ रु
राम्रो पक्ष बच्चा ६ महिना पुगेपछि आमाका दूधले मात्रै पुग्दै थप खानेकुरा खुवाउन पर्छ । नेपालमा बच्चा जन्मेको ६ महिना पछि पास्नी गर्ने कस्नो राम्रो चलन छ । त्यो चलन भनेको अब बच्चाले आमाको दूधबाहेक अन्य आहर ६ पनि खान सुरु गर्ने बेला भयो भनेको हो । महिनापछि आमाको दुध लगातार ख्याइराख्ने तर पथ खाना ६ महिना पुगेको पछि सुरुमा एक चम्चा दुई चम्चाबाट ख्वाउन सुरु गर्ने । मज्जाले पाकेको सेमिसोलिड म गर्ने बच्चाले खान सक्ने खाना खुवाउन पर्छ । ६ देखि ९ महिनाको विचमा १२५ एमएल एकपटकमा खानेकुरा खुवाउन पर्छ । यसरी दिनमा ३ पटक ख्वाउन पछ । बच्चा ९ देखि १२ महिनाको भएपछि दिनमा चार पटक खुवाउने, १२ महिना काटिसकेपछि एकपटकमा २५० एमल खाना ख्वाउनुपर्छ । त्यसपछि दुई पटक खाना ३ पटक खाजा बच्चालाई ख्वाउन पर्छ । तर, आमाको दुध चाहिँ दुई वर्ष नपुगुञ्जेल चाहिँ नियमित रूपमा ख्वाउन पर्छ । यसरी बच्चालाई नियमित रूपमा आमाको दूध र खाना ख्वाएमा पुड्केको सङ्ख्या घट्छ । नेपालमा एडल्टहरूमा पुड्केको सङ्ख्या झण्डै ८० प्रतिशत छ । ५ वर्षभन्दा मुनिका बच्चामा ३६ प्रतिशत पुड्केपन रहेको छ । यो भनेको विकराल अवस्था हो । नेपालीहरू अग्ला हुन सक्छ । तर हाम्रो दिमागमा नेपाली होचै हुन्छन् भन्ने छ । जन्मेको दुई वर्षभित्र बच्चाका लागि गरिने लगानी पुगेन, आमाको गर्भमा रहेदेखि दुई वर्षको अवधिमा जति मिहिनेत गर्नु पर्ने हो पुगेन भने त्यो समस्या आउँछ । त्यही हजार दिनमा यी सबै कार्य गर्नुपर्छ । किनभने त्यस हजार दिनमा बच्चाको मानसिक विकास ८० प्रतिशतले हुन्छ । हजार दिनमा बच्चा अग्लो वा होचो कस्तो हुन्छ भन्ने कुरा त्यही समयमा निर्धारण हुन्छ । नेपालमा दुई वर्षसम्म बच्चालाई खासै वास्ता गर्ने चलन छैन । दुई वर्षको अवधिमा गरी बच्चामा माथि गरेको लगानी खेर जाँदैन । शारीरिक र मानसिक रूपमा स्वस्थ रहन्छ ।
त्यसो भए बजारमा सहज रूपमा उपलब्ध हुने फर्मुला मिल्क आवश्यकता हो वा बाध्यता हो रु
कहीँकहीँ आमाहरूको बाध्यता हुनसक्छ । तर फर्मुला मिल्क सहज रुपमा उपलब्धता पनि हो । विभिन्न नाममा बजारभरि पाइन्छ । फर्मुला मिल्क कुनै न कुनै रूपले उद्योग हो । उद्योगीहरु फाइदाका लागि मात्र काम गर्छन् । व्यापार हुने भएपछि त्यहाँभित्र केही कुरा लुकेका पनि होलान् । त्यसैले यसलाई रोक्न आवश्यक छ । प्रयोग नगरी नहुने अवस्थामा मात्र यसको उपयोग गर्नु पर्छ । तर बजारमा उपलब्ध भएका गुणस्तरहीन फर्मुला मिल्क रोक्नुपर्छ । आमाको दूध आउँछ भने बच्चालाई सेवन गराउनु हुँदैन ।
फर्मुला मिल्कले बच्चाको शारीरिक र मानसिक विकास गर्दैन वा हानि गर्छ भने राज्यले किन प्रतिस्थापन नगरेको होला
२०४९ सालमा स्तनपानलाई प्रतिस्थापन गर्ने बस्तुको बिक्री वितरण तथा नियन्त्रण ऐन जारी गरेको रहेछ । तर वास्तविक कार्यान्यवन राम्रोसँग भएको छैन । त्यसलाई कार्यावन्यन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा सम्बन्धित निकायले जिम्मेवारी लिनुपर्ने थियो । तर राम्रोसँग लिएको देखिएन । त्यसकारण बजारमा यस्ता सामग्रीको सहज रूपमा पहुँच बढ्यो । त्यति मात्रै होइन अस्पतालमा बच्चा जन्मनासाथ आमाको दूध आएन भने फर्मुला मिल्क दिने चलन छ । त्यो दूधको बट्टा बोकेर घरमा ल्याउने र आमाको दूधको सट्टा बट्टाको दूधमा जोड दिइन्छ । किनभने सबैलाई हतार छ, एक पटक त हो भन्दै ख्वाउन सुरु गर्ने गरिन्छ । यसले गर्दा बच्चाले पनि आमाको दूधभन्दा बट्टाको दूध खान मन पराउन थाल्छ । आमाको दूध चुस्न मान्दैन । बच्चा ६ महिना नपुग्दै फर्मुला मिल्क विशेष अवस्थामा सम्बन्धित चिकित्सकको सल्लाहमा अपवादमा ख्वाउनुपर्ने कुरा छुट्टै कुरा हो । अन्यथा बट्टाको दूध ख्वाउनु भनेको आफ्नै बालबालिकालाई विष ख्वाउनु हो । आमाको दूध पूर्ण रूपले खाएका बालबालिका र बट्टाको दूध खाएका बालबालिकाबीच तुलनात्मक अध्ययन गर्दा मृत्यु दर नै १० गुणा बढी देखिएको छ । बट्टाको दूध खाएका बालबालिकामा पछि गएर मोटोपन, पाचन प्रणालीमा समस्या, मधुमेह, मुटु, मिर्गौला जस्ता रोग लाग्ने दर बढी देखिएको छ । बट्टाको दुध सेवन गर्नेहरूमा शरीरमा क्रमशः समस्या देखिँदै गएको पाइन्छ । यसरी हाम्रा सन्तानलाई क्रमशः विष ख्वाउँदैछौँ भन्दा पनि हुन्छ ।
बच्चालाई स्तनपन गराउँदा आमाको स्वास्थ्यमा असर वा आमाको स्तनको आकार प्रकार केही बिग्रिने हुन्छ कि हुँदैन
बच्चालाई दूधमा चुसाउने आमाको स्वास्थ्य बजारको दूध मात्र खुवाउने आमाको स्वास्थ्यभन्दा राम्रो हुन्छ । आमाको दूध चाहिँ परिवार योजना कुरा प्रयोग गर्छौं । त्यसले फाइदा गर्छ भनेर कुरा गर्छौं । तर आमाको दूध जब बच्चाले चुस्छ त्यसबेला आमा र बच्चाबीच माया, प्रेम, स्नेह झन् बढेर जान्छ । त्यसले जीवनलाई नयाँ गति दिन सहयोग पु(याउँछ । आमालाई हुने स्तन क्यान्सरको सम्भावना पनि कम हुन्छ । यो रोग दूध चुसाउने आमामा भन्दा नचुसाउनेमा धेरै गुण बढी पाइएको छ । स्तनपान गराउँदा आमाको स्तनको आकार विग्रिन्छ भन्ने धारणा विलकुल गतल हो । स्तनपान गराउँदा कुनै आमाको आकार प्रकारमा परिर्वतन ल्याउँदैन । दूध चुसाउन छाडेपछि क्रमशः स्तनको आकार पहिलाकै लयमा विस्तारै देखिन्छ । त्यसपछि स्तन पहिलेकै प्राकृतिक आकारमा आउँछ । दूध नचुसाउने आमाको दूध गानिने, पाक्ने, बाहिर ननिस्कन समस्या भएपछि डल्लो भएर बस्छ । गिर्खा बन्दै गयो भने त्यसैले स्तन क्यान्सरको रूप लिन सक्छ ।
अप्रेसनपछि केही दिन आमामा समस्या हुने हुँदा आमाले २, ३ दिनपछि बच्चाले दूध चुसेन भनेर बट्टाको दूध ख्वाएको देखिन्छ । यसले पनि बट्टाको दूधमा पहुँच बढेको भन्न सकिन्छ रु
वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ । आज अप्रेसन गरेर बच्चा निकाल्दै छु, बच्चालाई दूध खुवाउन सक्दिनँ, दूध आउँदैन जस्ता कुरा दिमागमा खेलाइन्छ । स्वास्थ्यकर्मीको मनमा पनि त्यस्तै हुन्छ । भर्खर अप्रेसन गरेको छ । अब आमालाई कता दुःख दिइराख्नु भन्ने पनि हुन्छ । तर यस विषयमा स्वास्थ्यकर्मीलाई पहिल्यै तालिम दिइसकेको हुन्छ । तर पनि किन दुःख दिनु भन्ने गरिन्छ । आमालाई दुःख भएन, स्वास्थ्यकर्मी पनि त्यहाँ खटिरहनु परेन । त्यसैले आमालाई परामर्श दिएर मानसिक रूपमा सहज बनाएर बच्चालाई स्तनपान गराउन स्वास्थ्यकर्मीले उत्प्रेरणा दिनैपर्छ । स्वास्थ्य समस्याका कारण आमाले दूध खुवाउन नखोज्ने, स्वास्थ्यकर्मीले ध्यान नदिँदा पनि बट्टाको दूध घरमा नयाँ बच्चासँगै पुग्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर