Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

१५ फागुन । हात्तीको आक्रमणबाट स्पेनको एक चिडियाघरमा कार्यरत कर्मचारीको ज्यान गएको छ। ४४ वर्षीय जोक्वीन अर्नेज नामक ती व्यक्तिलाई हात्तीसार सफा गर्ने क्रममा हात्तीले आक्रमण गरेको थियो। चार हजार किलोको अफ्रिकन पोथी हात्तीले अर्नेजलाई सुँडले उचालेर बारतिर हुत्याइदिएका थिए।
त्यसपछि अर्नेज घाइते भए। उनलाई तुरुन्तै अस्पताल लगियो। तर त्यहाँ पुग्दा उनको मृत्यु भइसकेको थियो। बुधवार भएको घटनाको समयमा अरु कार्मचारी पनि हात्तीसारमा सफाइमा खटिएका थिए।
स्थानीय प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। स्पेनका पर्यटनमन्त्री फ्रान्सिस्को जेभियर लोपेज मर्कानोले हात्तीको खुट्टामा इन्फेक्सन भएको र उक्त हात्ती गर्भवती भएको हुनसक्ने अनुमान गरेका छन्। चिडियाखानाको ३० वर्षे इतिहासमा यो नै पहिलो घातक घटना भएको उनले बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय