
१४ फागुन । भारतीय क्रिकेटर युसुफ पठानले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षिय अलराउण्डर पठानले शुक्रबार सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएको बताएका छन् ।
उनले भारतबाट ५७ एकदिवसीय तथा २२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस्तै पठानले १७४ आईपीएल खेलेका छन् ।