Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

फागुन १५ । गायक सत्यराज आचार्यको नयाँ गीत सार्वजनिक भएको छ। ुम बाँच्नुको आधार तिमीु बोलको गीत शुक्रबार युट्युबमा सार्वजनिक भएको हो।
गीतमा आचार्यसँगै वसन्त प्रकृतिले स्वर दिएकी छिन्। गीत दुर्गाप्रसाद आचार्यको शब्द तथा संगीतमा तयार भएको हो। भिडिओसहित सार्वजनिक गीतमा रंगकर्मी मिलन कार्की र रक्षा थापाको अभिनय छ। भिडिओ रंगमञ्चमा सक्रिय अंकित बासु र आयान खड्काले संयुक्त निर्देशन गरेका हुन्।
गीतमा मिलन कार्की वृद्ध मजदुरको भूमिकामा देखिएका छन्। हराएकी छोरीको स्मृतिमा हराइराख्ने उनी बाटो हिँड्ने हरेक कलिला अनुहारमा आफ्नै छोरीको झझल्को भेट्छन्। बुबा छोरीबीचको आत्मीय सम्बन्ध चित्रण गर्ने यो गीतको भिडिओमा आल्मा खतिवडा, सुचित्रा उप्रेती, क्रिजन महतलगायत कलाकारको पनि अभिनय देख्न सकिन्छ।
भिडियोलाई आदित्य बस्नेत र सौगात मानसिंह बस्नेतले खिचेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय