Nepali Unicode | Preeti to Unicode

१४ फागुन । चितवनका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । यहाँका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरुवा भएको छ ।
भट्टराईको ठाउँमा नयाँ सिडीओको रुपमा प्रेमलाल लामिछाने आउँदैछन् । गृहमन्त्रालयबाट लामिछानेलाई चितवनमा काज सरुवा गरिएको हो । यसैगरी चितवनमा नै सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा लिलाधर अधिकारी आउँदैछन् । जिल्ला प्रशासन कार्यालय बर्दियाबाट अधिकारीको चितवनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको हो ।
गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर