Nepali Unicode | Preeti to Unicode

१४ फागुन । विभिन्न सामाजिक सञ्जाल प्रयोग गरेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारत विहार जिल्ला पूर्वी चम्मपारण थाना रक्सौलका ४३ वर्षीय राकेश कुमार र पर्साका ३२ वर्षीय रामपुकार प्रसाद यादवलाई पक्राउ गरेको हो। उनीहरूले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर चिठ्ठा पर्‍यो भन्दै एक लाख ८४ हजार रुपैयाँ ठगी गरेको प्रहरीमा उजुरी परेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धानको लागि उनीहरूलाई महानगरीय अपराध महाशाखा काठमाडौं पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय