
१४ फाल्गुन । चितवन जिल्ला समन्वय समिति भरतपुर चितवनको आयोजनामा विहीबारबाट कविलास रिसोर्ट भरतपुर २९ मा प्रगती समीक्षा कार्यक्रम थालिएको छ । विहीबार र शुक्रबार जिल्लामा रहेका सरकारी कार्यालयहरुले आफ्नो प्रगती प्रस्तुतगर्ने कार्यक्रम रहेको छ ।
कार्यलयहरुमाआर्थिक वर्ष ०७६र७७को वार्षिक प्रगति समीक्षा तथा आर्थिक बर्ष ०७७र७८को अर्ध वार्षिक प्रगति समीक्षा हुने जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए ।
समीक्षा कार्यक्रमको राष्टिय सभा सदस्य पार्वती रावलले उद्घाटन गरिन् । समीक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाई तिन वटै तहका विकास गतिविधिबारे समन्वय र अनुगमनको जिम्मा दिनुपर्ने बताइन् ।
पाँच÷दस लाखका योजनामागगर्न पनि केन्द्र सरकारसँग धाउनुपर्ने अवस्था रहेको भन्दै उनले स्थानीयतहहरुलाई थपशसक्तबनाउन जरुरी रहेको बताइन् । स्थानीयतहहरुवीच समन्वयमानीतिगत समस्याहरु रहेको भन्दै प्रमुखअतिथि रावलले सरकारले व्यवबहारिक कानुनकापक्षमाध्यानदिनुपर्ने बताइन् ।
जिल्ला समन्वय समितिप्रमुख कृष्णकुमार डल्लाकोटीले कोरोनाकाकारण वार्षिक समीक्षागर्न असहजभएकाले परिस्थिति सहजबन्दै गएपछि हाल समीक्षाकार्यक्रम राखिएको बताए । केही सरकारी कार्यालयको कार्यक्रमहरु जिल्ला समन्वय समितिसँगप्रत्यक्ष सरोकार राख्ने भएकाले त्यसको नियमितअनुगमनगर्ने गरिएको प्रमुख डल्लाकोटीले बताए ।
पहिलो दिनको सत्रमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना, सडक विभाग, पूननिर्माण प्राधिकरणको शिक्षा, भवन र निजीआवास, वनकार्यालय, शिक्षा समन्वय इकाई, पूर्वाधार विकास कार्यालय लगायतले आफ्नो गतवर्षको वार्षिक एवम् यस वर्षको अर्धवार्षिक नीति तथा कार्यक्रम बारे जानकारी गराएका थिए ।
उद्घाटन समारोहमा प्रदेशसभा सदस्य विजय सुवेदी, गीतावाग्ले, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ, रत्ननगर नगरपालिका कार्यबाहक प्रमुख बिमला दुवाडी, इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समिति चितवनको उपप्रमु खमुनाश्रेष्ठले समीक्षा कार्यक्रममा उपस्थितहरुलाई स्वागत गरेकी थिइन् । सरकारी कार्यालयहरुको स्वीकृत वार्षिक कार्यक्रमअनुसार गतआव ०७६÷७७वार्षिक प्रगति समीक्षा र चालु आव ०७७र७८ को अर्ध वार्षिक समीक्षा विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिले प्रस्तुत गरिरहेका छन् ।