Nepali Unicode | Preeti to Unicode
 BREAKING
रत्ननगर अस्पतालका गरिब बिरामीहरूलाई 'रफ्तार चितवन' द्वारा फलफूल वितरण | | रत्ननगरका विद्यालय तहका विद्यार्थीका लागि 'ई–हब कोडिङ क्लास' सुरु, विद्यार्थीहरूको उत्साहजनक सहभागिता | रफ्तार संस्थाद्वारा रत्ननगर वडा नं. १२ मा शैक्षिक सामग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न | रत्ननगरमा विद्यालय सञ्चालनमा एकरूपता र गुणस्तर सुधारको प्रयास: कक्षा १२ सम्म निःशुल्क शिक्षाको तयारी | आजका प्रमुख विश्व समाचार | आजका मुख्य विश्वव्यापी समाचार | आजका मुख्य अन्तर्राष्ट्रिय र राष्ट्रिय समाचार | प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? |

फागुन १३ ।यही फागुन २१ बाट कमेडी च्याम्पियन सिजन २ु सुरु हुने भएको छ। बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो। कार्यक्रममा दिइएको जानकारी अनुसार कमेडी च्याम्पियनको दोस्रो सिजनको कान्तिपुर टेलिभिजनमा २१ फागुनबाट प्रशारण सुरु हुनेछ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी यस सिजन गत सिजनभन्दा भव्य हुने दाबी गर्छन्। गत वर्ष आर्थिक रुपले पनि केही समस्या झेल्नु परेकाले धेरै कुराहरु गर्न नसकिएको भण्डारीको गुनासो छ। उनले भने, ुगतवर्ष हामीलाई आर्थिक रुपमा पनि धेरै समस्या पर्यो। जसको कारण कतिपय सपनाहरु पूरा हुन सकेनन्। यस वर्ष हामीलाई आर्थिक पक्षको चिन्ता भएन। अब ढुक्क रुपमा कन्टेन्टमा काम गर्न पाउनेछौं। ‍गत वर्ष गर्न नसकेको काम हामीले यस वर्ष गर्नेछौं।
यस वर्ष प्रतियोगीहरुलाई पनि धेरै मिहिनेत गराइएको निर्देशक भण्डारी बताउँछन्। उनले थपे, गत वर्षका प्रतियोगीले भन्दा यस वर्षका प्रतियोगीलाई हामीले धेरै मेहनत गराइरहेका छौं। यसको एउटै उद्देश्य भनेको शोलाई राम्रो बनाउने हो। कान्तिपुर टिभीका स्टेशन हेड दिनेश डिसी कमेडी च्याम्पियन टिमसँग सहकार्यलाई लिएर उत्साहित रहेको बताउँछन्।
कमेडी च्याम्पियन अर्गानिक शोको रुपमा स्थापित भएको छ। यस अर्गानिक शोलाई हामीले गत सिजनको अन्त्यमा नै ५ वर्षको लागि सम्झौता गरेर लिइसकेका छौुं, दिनेशले भने, ५ वर्षमात्र होइन, अझै लामो समयसम्म कान्तिपुर र कमेडी च्याम्पियनबीच सहकार्य हुनेछ।
कार्यक्रममा विज्ञापन कम्पनी एडी रिलिजुले विभिन्न आयोजक तथा प्रयोजकहरुसँग सम्झौतापत्र आदान प्रदान गरेको थियो । कमेडी च्याम्पियन(२ का लागि देश तथा विदेशबाट ६ हजार भन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो। ६ हजारमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरियो। जसबाट उत्कृष्ट २४ प्रतियोगीहरु छनोट भएका छन्।
कमेडी च्याम्पियनका जजहरूमा यस वर्ष कुनै परिवर्तन भएको छैन । अघिल्लो वर्षजस्तै यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै जजका रुपमा रहेका छन् । कार्यक्रमको उद्घोषण रीमा विश्वकर्माले नै गर्नेछन्। थ्रि प्रोडक्सनुले निर्माण गर्ने कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय