Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन १३ ।यही फागुन २१ बाट कमेडी च्याम्पियन सिजन २ु सुरु हुने भएको छ। बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो। कार्यक्रममा दिइएको जानकारी अनुसार कमेडी च्याम्पियनको दोस्रो सिजनको कान्तिपुर टेलिभिजनमा २१ फागुनबाट प्रशारण सुरु हुनेछ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी यस सिजन गत सिजनभन्दा भव्य हुने दाबी गर्छन्। गत वर्ष आर्थिक रुपले पनि केही समस्या झेल्नु परेकाले धेरै कुराहरु गर्न नसकिएको भण्डारीको गुनासो छ। उनले भने, ुगतवर्ष हामीलाई आर्थिक रुपमा पनि धेरै समस्या पर्यो। जसको कारण कतिपय सपनाहरु पूरा हुन सकेनन्। यस वर्ष हामीलाई आर्थिक पक्षको चिन्ता भएन। अब ढुक्क रुपमा कन्टेन्टमा काम गर्न पाउनेछौं। ‍गत वर्ष गर्न नसकेको काम हामीले यस वर्ष गर्नेछौं।
यस वर्ष प्रतियोगीहरुलाई पनि धेरै मिहिनेत गराइएको निर्देशक भण्डारी बताउँछन्। उनले थपे, गत वर्षका प्रतियोगीले भन्दा यस वर्षका प्रतियोगीलाई हामीले धेरै मेहनत गराइरहेका छौं। यसको एउटै उद्देश्य भनेको शोलाई राम्रो बनाउने हो। कान्तिपुर टिभीका स्टेशन हेड दिनेश डिसी कमेडी च्याम्पियन टिमसँग सहकार्यलाई लिएर उत्साहित रहेको बताउँछन्।
कमेडी च्याम्पियन अर्गानिक शोको रुपमा स्थापित भएको छ। यस अर्गानिक शोलाई हामीले गत सिजनको अन्त्यमा नै ५ वर्षको लागि सम्झौता गरेर लिइसकेका छौुं, दिनेशले भने, ५ वर्षमात्र होइन, अझै लामो समयसम्म कान्तिपुर र कमेडी च्याम्पियनबीच सहकार्य हुनेछ।
कार्यक्रममा विज्ञापन कम्पनी एडी रिलिजुले विभिन्न आयोजक तथा प्रयोजकहरुसँग सम्झौतापत्र आदान प्रदान गरेको थियो । कमेडी च्याम्पियन(२ का लागि देश तथा विदेशबाट ६ हजार भन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो। ६ हजारमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरियो। जसबाट उत्कृष्ट २४ प्रतियोगीहरु छनोट भएका छन्।
कमेडी च्याम्पियनका जजहरूमा यस वर्ष कुनै परिवर्तन भएको छैन । अघिल्लो वर्षजस्तै यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै जजका रुपमा रहेका छन् । कार्यक्रमको उद्घोषण रीमा विश्वकर्माले नै गर्नेछन्। थ्रि प्रोडक्सनुले निर्माण गर्ने कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय