
फागुन १३ । सरकारले राष्ट्रिय युवा परिषद् चितवनको अध्यक्षमा पुन अस्मिन घिमिरेलाई चयन गरेको छ ।
चितवन सहित ७१ जिल्लामा सरकारले राष्ट्रिय युवा परिषदका अध्यक्ष नियुक्त गरेको हो । एमालेको विद्यार्थी राजनीतिबाट अगाडि आएका ओली पक्षीय नेता घिमिरे राजनीतिसँगै गीत गाउन रुचाउँछन् । उनी यसअघि पनि युवा परिषद् चितवनको अध्यक्ष थिए । उनले चितवनमा यस कार्यकालमा युवा लक्षित धेरै कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको बताए ।
नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री दावा लामाको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले जिल्ला युवा समितिका अध्यक्ष मनोनयन गरेको परिषद्ले जनाएको छ । मन्त्री लामा र युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलबीच छलफलपछि सूची तय भएको हो । मनोनयन भएका जिल्ला युवा समितिका अध्यक्षहरु केपी ओली पक्षीय नेकपाका युवा र विद्यार्थी फाँटमा क्रियाशील नेताहरु हुन् । कतिपय अध्यक्ष दोहोरिएका छन् । राष्ट्रिय युवा परिषद्को बोर्ड केही दिनअघि गठन भएको थियो ।