Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
महिला फुटबल टिमको प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त
Nepali Unicode | Preeti to Unicode

१३ फागुन । अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स नेपालको महिला राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले फिलिप्सलाई महिला टिमको प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षकको लागि प्रस्ताव गरेको थियो । फिलिप्स अहिले एन्फाको टेक्निकल डिरेक्टरको रुपमा छन् ।
गत वर्ष पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुदपछि महिला फुटबल टिमको प्रशिक्षक हरि खड्काले राजीनामा दिएका थिए । त्यसयता प्रशिक्षक पद खाली थियो । हरि खड्का भने हाल एन्फाको महिला फुटबल विभाग प्रमुख छन् ।
यस्तै एन्फाले महिला साफ च्याम्पियनसिप र एएफसी महिला एसियन कप छनोट खेलको तयारीका लागि महिला टिमको बन्द प्रशिक्षण छिट्टै सुरु गर्ने जनाएको छ । एन्फाले माघ ७ देखि फागुन ७ सम्म पहिलो पटक महिला फुटबलको डबल राउण्ड रोविन लिग आयोजना गरेको थियो । यसै प्रतियोगितामा राम्रो प्रदर्शन गरेका बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरिने एन्फाले जनाएको छ ।
नेपालले विश्वकप छनोट अन्तर्गत अर्को महिना अष्ट्रेलियासंग घरेलु मैदानमा खेल्नेछ र त्यसपछि महिला टिमको प्रशिक्षण सुरु गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय