Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

१३ फागुन । अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स नेपालको महिला राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले फिलिप्सलाई महिला टिमको प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षकको लागि प्रस्ताव गरेको थियो । फिलिप्स अहिले एन्फाको टेक्निकल डिरेक्टरको रुपमा छन् ।
गत वर्ष पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुदपछि महिला फुटबल टिमको प्रशिक्षक हरि खड्काले राजीनामा दिएका थिए । त्यसयता प्रशिक्षक पद खाली थियो । हरि खड्का भने हाल एन्फाको महिला फुटबल विभाग प्रमुख छन् ।
यस्तै एन्फाले महिला साफ च्याम्पियनसिप र एएफसी महिला एसियन कप छनोट खेलको तयारीका लागि महिला टिमको बन्द प्रशिक्षण छिट्टै सुरु गर्ने जनाएको छ । एन्फाले माघ ७ देखि फागुन ७ सम्म पहिलो पटक महिला फुटबलको डबल राउण्ड रोविन लिग आयोजना गरेको थियो । यसै प्रतियोगितामा राम्रो प्रदर्शन गरेका बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरिने एन्फाले जनाएको छ ।
नेपालले विश्वकप छनोट अन्तर्गत अर्को महिना अष्ट्रेलियासंग घरेलु मैदानमा खेल्नेछ र त्यसपछि महिला टिमको प्रशिक्षण सुरु गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय