Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

फागुन १३ । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका गौतमले प्रचण्डसँग सहकार्य गर्न प्रस्ताव गरेका हुन् । उनले सर्वोच्चको आदेशपछि नेकपालाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डसँग १ घण्टा छलफल गरेका गौतमले प्रचण्ड–नेपाल पक्ष नेकपा नै मूल पार्टी भएको भन्दै प्रधानमन्त्री ओलीलाई सम्मानजनक बर्हिगमन गरेर नेकपाकै नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव राखेको प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटा जुगलले रातोपाटीलाई जानकारी दिए ।
जवाफमा प्रचण्डले गौतमले राखेका प्रस्तावहरू पार्टीका अर्का अध्यक्ष माधव नेपालसँग तथा पार्टीमा छलफल गरेर समस्याको निकास निकालेर अघि बढ्ने बताएका थिए । पार्टीमा प्रधानमन्त्री ओलीले गडबडी गरेका कारण नै अहिलेको परिस्थिति उत्पन्न भएको र अब पार्टीलाई पहिलो बनाएर लैजानेबारे अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतम बिचको छलफल सकारात्मक रहेको सापकोटाले बताए ।
नेकपा विभाजनपछि पार्टी एकताको पक्षमा रहेका गौतमले पार्टी एकता समिति गठन समेत गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय