Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

१२ फाल्गुन । प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ । निकुञ्जका पोष्ट–पोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।
निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा।विजयकुमार श्रेष्ठका अनुसार यसै हप्ता शिविर संचालन गर्ने तयारी गरिएको छ । अर्को महिना गैंडा गणना गर्ने कार्यक्रम भएकाले त्यस अघि नै शिविर गर्न लागिएको हो । शिविरमा हात्तीको विस्तृत स्वास्थ्य परीक्षण हुने उहाँले बताउनुभयो । हात्तीलाई प्रत्यक्ष हेरेर अवस्थाको बारेमा बुझिंदै छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकहरु परीक्षणमा सहभागी हुनेछन् । कतिपय हात्ती मातेर मानवीय क्षति समेत हुने गरेको भन्दै उहाँले त्यसको पूर्वअवस्थाको बारेमा पनि अध्ययन गरिने जानकारी दिनुभयो ।
यसैक्रममा ती हात्तीहरुलाई जुकाको औषधि समेत खुवाईने छ । निकुञ्जको मरेका हात्तीमा क्षयरोग समेत देखिएपछि अन्य हात्तीको परीक्षणका लागि नमूना लिएर राखिएको छ । ती नमूना काठमाण्डौं पठाईने उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षको हालसम्म निकुञ्जमा पालिएका पाँच हात्ती विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोष्टको विक्रमप्रसाद, खोरसोरको अप्सराकली र लामिचौर पोष्टको शङ्करप्रसाद मरेका हुन् ।
पछिल्लो समय काम र चरेर फर्किएका हात्तीको खुट्टलाई सोडा पानीमा डुबाउने, धानलाई पखालेर मात्र खुवाउने जस्ता कार्य पनि थालिएको छ । हाल निकुञ्जमा ५१ वटा हात्ती रहेका छन् । ६ वटा कोशी वन्यजन्तु आरक्षमा दरबन्दी भएर पनि यही काम गरिरहेका छन् । निकुञ्जको खोरसोरमा हात्ती प्रजनन केन्द्र रहेको छ । केन्द्रमा जङ्गली हात्ती धु्रवे, रोनाल्डोलगायतको संसर्गबाट छावा जन्मिने गर्दछन् ।
त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालीमपछि काममा पठाउने गरिन्छ । निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ । विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय