Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

१२ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल चितवनको सभालाई सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । उनीहरु बुधबार विहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं उडेका हुन् ।
बुधबार चितवनमा हुने विरोधसभालाई सम्बोधन गर्न मंगलवार नै चितवन आएका बेला सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि उनीहरुले विरोध सभालाई विजयसभा बनाउने बताएका थिए ।
काठमाडौं पुगेर पछिल्लो राजनीतिक अवस्थाबारे महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले प्रचण्ड र नेपाल चितवनको सभालाई सम्वोधन नगरी काठमाडौं फर्किएको नेकपा चितवनले जनाएको छ ।
प्रचण्ड–माधव समूहले आज अपराह्न संसदीय दलको बैठक समेत आह्वान गरेको छ । त्यसअघि सो समूहले काठमाडौंको शान्तिवाटीकामा विजय सभा आयोजना गर्दै छ ।
प्रचण्ड र नेपालको अनुपस्थितिमा चितवनको सभालाई पूर्वमन्त्री सुरेन्द्र पाण्डेलगायतका नेताले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय