Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

१२ फाल्गुन । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गरेपछि प्रचण्ड—नेपाल समूहले विजय जुलुश निकाल्ने भएको छ । यसअघि हिजो विरोध सभाका लागि चितवन आएका नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सर्वोच्च अदालतले संसद् पुनःस्थापना निर्णयसगैँ एकसाथ लडु खादै खुसीयाली साटेका थिए ।
त्यस लगतै अध्यक्षद्धयले देशभर विजयी जुलुस निकाल्न पनि आह्वान गरेका थिए । भने सभालाई सम्बोधन गर्दै उनीहरुले अब संसद् पुनःस्थापनासगैँ स्वत् विरोध सभा अब विजयी सभामा परिणत भएको उनीहरुले बताए । अध्यक्षद्धयले यो सम्पूर्ण नेपालीको ऐतिहासिक जित भएको भन्दै खुशी व्यक्त गरेका थिए । चितवनको विजयी सभालाई सम्बोधन गरेसगैँ काठमाडौँ गएर अध्यक्षद्धयले फेरि अर्को सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा चितवन प्रचार विभाग संयोजक आरसी अधिकारीले जानकारी दिए । प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा बुधबार देशभरि विजय जुलुस गर्ने भएको हो।
काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे जुलुस सुरु हुने जनाइएको छ भने उपत्यकाबाहिरका जिल्ला बिहान ८ बजे जुलुस निकालिने छ शान्तिवाटिकाको जुलुसमा उक्त समूहका नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुने जनाइएको छ ।
यसैबीच, सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि प्रचण्ड–माधव समूहको नेकपाले आज संसदीय दलको बैठक बोलाएको छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्ने नेतृ पम्फा भुषालले जानकारी दिइन। बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने उनले बताइन्। यो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा गत पुस ५ गते नै अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ।
अविश्वासको प्रस्ताव दर्ता भएपनि काँग्रेसले सहयोग नगरेसम्म पास हुने अवस्था छैन। अहिलेको अविश्वास प्रस्तावमा अध्यक्ष प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ। यसो हुँदा कांग्रेसले साथ दिन नसक्ने भएकाले यसलाई फिर्ता लिएर काँग्रेससँगको सहमतिमा अर्को अविश्वास प्रस्ताव लैजाने विकल्पमा पनि नेकपाले छलफल गर्न सक्ने बुझिएको छ। प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक ठहर गरेको सर्वोच्चले १३ दिन भित्र संसद बैठक बोलाउन पनि आदेश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय