Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

फागुन १२ । ओलिभियर जिरुको उत्कृष्ट ओभरहेड किक गोलको मद्दतले चेल्सीले एथ्लेटिको म्याड्रिडलाई च्याम्पिन्यस लिगको अन्तिम १६ को पहिलो लेगमा पराजित गरेको छ । खेलको ६८ औँ मिनेटमा जिरुले गरेको एक्रोब्याटिक गोलले चेल्सीलाई अवे गोलको फाइदा पनि दिएको छ ।
जीतसँगै नयाँ म्यानेजर थोमास टुचेलको अपराजित यात्रा कायम रहेको छ भने टोली क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । चेल्सी सन् २०१३–१४ सिजनपछि पहिलोपटक क्वार्टरफाइनल पुग्ने आशामा रहेको छ ।
कोभिड–१९ का कारण खेल स्पेनको साटो रोमानियामा आयोजना गरिएको थियो । खेलमा एथ्लेटिकोले चेल्सीको पोष्टमा एक पनि प्रहार गर्न असफल रह्यो ।
उता, साबिक विजेता बायर्न म्युनिखले इटालियन क्लब लाजियोविरुद्ध गोलवर्षा गरेको छ । बायर्नले लाजियोलाई उसैको घरमा ४–१ गोलले पराजित गरेको हो ।
रोबर्ट लेवान्डोस्कीले खेलको सुरुवातमा नै बायर्नलाई अग्रता दिलाए । उनको यो प्रतियोगितामा ७२ औँ गोल थियो । उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीको तेस्रो स्थानमा रियल म्याड्रिडका लिजेन्ड राउललाई उछिनेका छन् ।
जमाल मुसाइलाले बायर्नको अग्रता दोब्बर बनाए भने लेरोय सानेले अग्रता फराकिलो बनाए । दोस्रो हाफमा वाकिन कोरेयाले एक गोल फर्काए पनि लाजियोले आत्मघाती गोल गरेपछि बायर्नले सजिलै खेल आफ्नो पक्षमा पार्यो ।
अब दोस्रो लेग १७ मार्चमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय