Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

१२ फागुन। विवादका बीच आज पशुपतिनाथको मूल शिवलिंगको जलहरिलाई सुनले ढाकिँदैछ । यसअघि ढाकिएको जलहरिको चाँदी ठाउँठाउँमा छेद भएर नयाँ फेर्नुपर्ने माग आएको थियो । तर पशुपति क्षेत्र विकास कोषले चाँदीको ठाउँमा सुनले ढाक्ने निर्णय गरेको हो ।
बुधबार दिउँसो ११ बजेर ४५ मिनेटमा सुनको जलहरि राख्ने तयारी रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले जानकारी दिए । सुनको जलहरि राख्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी हुँदैछिन् ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाउने निर्णय गरिसकेको छ । कोषका अनुसार जलहरिको लागि १०८ केजी सुन लाग्ने अनुमान छ । बसाहा र छानामा समेत गर्दा १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
तर शास्त्रीय मान्यता एवं परम्परा अनुसार सुन लक्ष्मीको प्रतीक भएकाले शिवलिंगको जलहरिमा सुनको साटो चाँदी राख्ने चलन छ । यो परम्परा विपरीत सुनको जलहरि राख्न लागेको भन्दै स्थानीय एवं सम्पदाप्रेमीहरुले यसको विरोध गरिरहेका छन् । सुनको जलहरि राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दायर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय