Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
नेपाल ट्रष्टले कमलादीको २ रोपनी जग्गा ३० वर्षका लागि भाडामा दिने
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

११ फागुन। नेपाल ट्रष्टले कमलादीस्थित २ रोपनी ४ आना २ पैसा जग्गा लिजरभाडामा लगाउने भएको छ । ३० वर्षका लागि न्युनतम् १ अर्ब १७ करोड कबोल गनुपर्ने गरी सोमबार ट्रष्टले आशयपत्र आह्वान गरेको छ ।
काठमाडौं प्लाजासँगैको सो जग्गामा ब्यापार कम्प्लेक्स बनाउन दिने गरी ट्रष्टले बोलपत्र आह्वान गरेको हो । सो कम्प्लेक्स ३० वर्षपछि ट्रष्टको स्वामित्वमा आउने सहसचिव भीष्मराज भुसालले बताए ।
सम्झौता भएको मितिदेखि निर्माण अवधि ३ वर्ष समेत गरी जम्मा ३० वर्ष लिज अवधि कायम हुनेछ र सो अवधि समाप्त भएपछि निर्मित भवन लगायत सम्पूर्ण भौतिक संरचनाहरु तथा जडित सामग्रीहरु स्वतः नेपाल ट्रष्ट कार्यालयको स्वामित्वमा सर्नेछ ।
प्रस्तावदाताले लिज प्रस्ताव सम्बन्धी कागजात खरिद गर्दा लिखित निवेदनको साथै कम्पनी वा संस्था दर्ता प्रमाणपत्र (नवीकरण गर्नुपर्ने भए सो समेत गरेको०, मूल्य अभिवृद्धि कर र स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, आव २०७६र७७ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपीहरु नोटरी पब्लिकबाट प्रमाणित गरी पेश गर्नुपर्नेछ ।
प्रस्तावपत्रमा उल्लेख भए बमोजिमका सम्पूर्ण कागजातहरु समावेश गरी आफ्नै खर्चबाट आर्थिक र प्राविधिक प्रस्ताव तयार लगरी छुट्टाछुट्टै खाममा सिलवन्दी गरी पुनः एउटै खाममा राखी सिलवन्दी गरी प्रस्तुत गर्नुपन सूचनामा उल्लेख छ ।
सो जग्गामा बन्ने भवनको अवधारणात्मक डिजाइन, नक्शा र प्रारम्भिक लागत अनुमान सहितको प्रस्ताव पेश गर्नु पर्नेछ ।
लिज दिने जग्गा, सोमा जडान हुने भौतिक सामग्री, स्थायी सेवा सुविधा र निर्मित भवन तथा संरचनाहरुको प्रचलित कानून बमोजिम लाग्ने कर महसुल आदि लीज अवधिभर लिज प्राप्तकर्ताले तिर्नु पर्नेछ र जग्गा तथा निर्मित भौतिक संरचनाको सुरक्षा एवं संरक्षणको दायित्व समेत प्रस्तावदाताले लिई रहनु पर्ने सूचनामा उल्लेख छ ।
गुणस्तरयुक्त निर्माण सामग्री र प्रविधिको प्रयोग गरी भवन निर्माण मापदण्ड तथा राष्ट्रिय भवन संहिता अनुकूल सुरक्षित र आपत्कालीन सुरक्षाको उचित प्रवन्ध सहितको आधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्नुपर्ने ट्रस्टले बताएको छ ।
प्रस्ताव स्वीकृत गर्ने आशय पत्र प्रदान गरेको १२० दिनभित्र भवन तथा आवश्यक सम्पूर्ण अन्य संरचनाको विस्तृत इन्जिनियरिङ्ग डिजाइन तथा लागत अनुमान प्रस्तावकले आफ्नै खर्चमा बनाई सम्झौता गर्नु अगावै पेश गर्नुपर्नेछ ।
पेश भएको डिजाइन, लगानी रकम र ट्रष्टले प्राप्त गर्ने प्रतिफल तुलनात्मक रुपमा उपयुक्त छ भन्ने ट्रष्टलाई नलागेमा नेपाल ट्रृष्ट कार्यालयले प्राप्त प्रस्ताव रद्द गर्न सक्नेछ ।
ट्रष्टबाट लिखित रुपमा अन्यथा निर्देशन भएमा बाहेक सुरु प्रस्तावमा पेश गरेको अवधारणा डिजाइन अनुरुप नै विस्तृत इन्जिनियरिङ्ग डिजाइन तयार गर्नुपर्नेछ ।
सो जग्गामा व्यापारिक भवन निर्माण गर्न भवन निर्माण मापदण्ड अनुसारको नक्सा तयार गर्दा सकेसम्म बढी तला र क्षेत्रफल चर्चिने गरी जग्गाको अधिकतम उपयोग गर्नु पर्नेछ ।
प्रस्तावदाताले लिज प्रस्ताव सम्बन्धी कागजात खरिद गरेको बढीमा अन्य कुनै २ वटासम्म कम्पनीसँग संयुक्त पनि प्रस्ताव दिन सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय