Nepali Unicode | Preeti to Unicode

फागुन १० । लकडाउन सकिएलगतै निर्माणको घोषणा भएको चलचित्र ‘प्रसाद २’को छायांकन अझै सुरु भएको छैन । दिनेश राउतको निर्देशनमा व्यवसायिक र समिक्षागत रुपमा नै हिट मानिएको चलचित्र ‘प्रसाद’को सिक्वेलको रुपमा ‘प्रसाद २’ बन्न लागेको हो ।
यो चलचित्रमा ‘प्रसाद’कै कलाकारहरु नायक विपिन कार्की र नायिका नम्रता श्रेष्ठले काम गर्ने पक्का भैसकेको थियो । अब, चलचित्रका लागि कलाकार निश्चल बस्नेत पनि फाइनल भएका छन् । निश्चल चलचित्र ‘प्रसाद’मा खलपात्रको रुपमा देखिएका थिए ।
सुशिल पौडेलको लेखनमा बन्न लागेको चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । सुवास थापा चलचित्रका निर्माता हुन् । निश्चल र निर्माणपक्षविच लामो समयदेखि छलफल भएपनि कागजी रुपमा आज मात्र संझौता भएको हो ।
चलचित्रको छायांकन चैत्रबाट सुरु गर्ने योजना निर्माणपक्षको छ । निःसन्तान एक दम्पत्तीको कथामा तयार भएको चलचित्र ‘प्रसाद’को प्रिक्वेल र सिक्वेलको रुपमा ‘प्रसाद २’ बन्न लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर