Nepali Unicode | Preeti to Unicode
 BREAKING
रत्ननगर अस्पतालका गरिब बिरामीहरूलाई 'रफ्तार चितवन' द्वारा फलफूल वितरण | | रत्ननगरका विद्यालय तहका विद्यार्थीका लागि 'ई–हब कोडिङ क्लास' सुरु, विद्यार्थीहरूको उत्साहजनक सहभागिता | रफ्तार संस्थाद्वारा रत्ननगर वडा नं. १२ मा शैक्षिक सामग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न | रत्ननगरमा विद्यालय सञ्चालनमा एकरूपता र गुणस्तर सुधारको प्रयास: कक्षा १२ सम्म निःशुल्क शिक्षाको तयारी | आजका प्रमुख विश्व समाचार | आजका मुख्य विश्वव्यापी समाचार | आजका मुख्य अन्तर्राष्ट्रिय र राष्ट्रिय समाचार | प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? |

फागुन ११ । क्रिस्टियानो रोनाल्डोले हेडमार्फत् दुई गोल गरेपछि युभेन्टसले क्रोटोनेलाई हराउँदै शीर्ष स्थानमा रहेको इन्टर मिलानसँगको दुरी ८ अंकमा घटाएको छ ।
खेलको ३८ औँ मिनेट मिनेटमा एलेक्स सान्ड्रोको क्रसमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा एरोन रामशेको क्रसमा उनले अग्रता दोब्बर बनाए ।
युभेन्टस आएयता साढे दुई वर्षमा उनको यो ७० औँ गोल थियो । यो समयमा रोनाल्डोभन्दा रोबर्ट लेवान्डोस्की र लियोनेल मेस्सीमात्र बढी गोल गरेका छन् । यता, रोनाल्डोको गोल खाने क्रोटोने युरोपको शीर्ष ५ लिगको ७८ औँ टोली बनेको छ ।
त्यस्तै, इन्टरका रोमेलु लुकाकुलाई उछिन्दै रोनाल्डो यो सिजन सिरिए ए को सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् । दोस्रो हाफमा वेस्टन म्याककेनीले युभेन्टसको तेस्रो गोल गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय