Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
पूर्व सांसद रानाभाटको निधन, भोलि देवघाटमा अन्त्यष्टि
Nepali Unicode | Preeti to Unicode

१० फागुन । चितवन पूर्व सांसद एकनाथ रानाभाटको आज निधन भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उनको निधन भएको हो।
उच्च रक्तचापका कारण मस्तिष्काघात भई १६ दिनदेखि उनको मेडिकल कलेजमा उपचार भइरहेको थियो। रत्ननगर नगरपालिका वडा नं १४ पिठुवा निवासी रानाभाट विसं २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेका अनुसार विसं २००९ कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा उनको जन्म भएको थियो।
रानाभाट नेपाली कांग्रेस चितवनका पूर्व सचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्व अध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्व उपाध्यक्षलगायत विभिन्न पदमा रही कार्य गरेका थिए। उनका एक श्रीमती, एक छोरा र एक छोरी छन्। उनको मङ्गलबार बिहान देवघाटमा अन्त्येष्टि गरिँदैछ।
कांग्रेस चितवनले शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा दुःख प्रकट गरेको छ। जिल्ला सभापति जीतनारायण श्रेष्ठले उनको निधनले सिङ्गो कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताए। उनका अनुसार बिहान ८स्३० बजेदेखि एक घण्टा उनको शव पार्टी कार्यालय नारायणगढमा राखिनेछ।
यसैबिच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति शोक प्रकट गरेका छन्। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय