
१० फाल्गुन । पर्यटकीय नगरी सौराहामा हात्ती माहुतहरूका लागि वन्यजन्तु पहिचान, हात्ती स्याहार सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सुरू भएको छ । हात्ती मैत्री सौराहाका रूपमा स्थापित गराउन बाघमारा मध्यवर्ती सामुदायिक उपभोक्ता वन, चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिले संयुक्त रूपमा तालिम आयोजना गरेको बाघमारा वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । उनका अनुसार दुई दिने तालिममा वन्यजन्तु पहिचान, हात्ती स्याहार र वन वन्यजन्तु जौविक विविधता संरक्षण सगै हात्ती सफारी स्थापित गराउन तालिम दिएको स्पष्ट पारे । एक समारोहका विच रत्ननगर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष लालबहादुर भट्ट राजनले उद्वघाटन गर्नुभएको छ । सो अवसरमा बोल्दै अध्यक्ष भट्टले वन्यजन्तु मैत्री सौराहाको रूपमा स्थापित गराउन माहुतलाई प्रशिक्षणले महत्त्वपूर्ण भुमिका खेल्ने बताए । उनले पर्यटनको मुख्य हिंसा हात्ती सफारी भएको यसलाई व्यवस्थीत गर्नु आजको आवश्यकता भएको बताए । उनले हात्तीलाई माया गर्दे पर्यटक खुसी पार्ने नाममा घेर्न नहुने बताए । यस्तै कार्यक्रम बोल्दै चितवन राष्ट्रिय निकुञ्जको पुर्वी सेक्टर सौराहाका प्रमुख प्रकाश उप्रेतीले हात्तीको हबको रूपमा स्थापित सौराहाले यसको संरक्षणसगै व्यवस्थित तवरले काम गर्नुपर्नेमा जोड दिए । उनले हात्तीलाई यदाकदा दुःख दिने काम भएकोले यस्तो रोकेर वन्यजन्तु मैत्री बनेर सन्देश दिन अपिल गर्नुभयो । कार्यक्रम बोल्दै युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिका अध्यक्ष ऋषि तिवारीले हात्ती विना सौराहाको पर्यटन कल्पना पनि गर्न सकिने भएको वन्यजन्तु अवलोकन गर्न हात्ती सफारी महत्वपूर्ण भएको बताए । उनले विस्तारै वन्यजन्तु मैत्री सौराहा स्थापित गराउन आफुले दैनिक ६ टिपलाई कम गर्दै ४ टिपमा झारेको जानकारी गराए । वनको वन तथा संरक्षण शिक्षा उपभोक्ता समितिका संयोजक प्रकाश चापागाईंले स्वागत मन्तव्य व्यत्त र सचिव कृष्ण भट्टले सञ्चालन गर्नुभएको कार्यक्रममा किरण रिजाल र प्रकाश चापागाईंले सहजीकरण गर्नुहुनेछ । तालिममा ७० जना सहभागी छन् ।