Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन ९ । त्रिभूवन विश्वविद्यालय विभिन्न संकायका लागि ठूलो संख्यामा प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक माग गरेको छ । आइतबार दरखास्त आह्वान सम्बन्धी विज्ञापन प्रकाशन गर्दै त्रिविले विभिन्न संकायका लागि खुला प्रतियोगिताबाट पदपूर्तिका लागि ५ सय ३८ उपप्राध्यापक, २४ सहप्राध्यापक र १४ प्राध्यापक माग गरेको हो । आगामी चैत १४ गते रातको १२ बजेसम्म आवेदन दिन सकिने र दोब्बर दस्तुर तिरेर चैत २१ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने छ । यसका लागि।।।।मा अनलाइन निवेदन दिन सकिनेछ ।
प्राध्यापक पदका लागि ३ हजार ५ सय आवेदन दस्तुर तोकिएको छ भने सहप्राध्यापकका लागि ३ हजार २ सय र उपप्राध्यापकका लागि ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ । स्नातकोत्तर तह उतीर्ण गरेका व्यक्तिले हालसालै खिचिएको फोटो, आधिकारिक हस्ताक्षर, नागरिकता, स्नातक तहदेखि माथिका सबै योग्यताको लब्धाङ्कपत्र, प्रमाणपत्रहरु र समकक्षताको प्रमाणपत्र, बायोडाटा लगायतका कागजात पेश गर्नुपर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय