Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
राज्यले शिक्षामा लगानी वढाउनु आवश्यक रहेकोसांसद दाहालको भनाई
Nepali Unicode | Preeti to Unicode

फाल्गुन ९ । चमेलीदेवी पिया माध्यमिक विद्यालय नारायणगढको आयोजनामा मंगलबार वार्षिकोत्सव तथा सरस्वती पुजा कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशका प्रदेश सांसद घनश्याम दाहाल ९अविनास० प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी दाहालले शिक्षाले मात्र मुलुकलाई समृद्धिको वाटोमा लैजान सक्ने वताउनु भयो । पछिल्लो समय सरकारी विद्यालयमा विद्यार्थी तथा अभिभावको आकर्षण वढेको वताउँदै उहाले शिक्षाको गुणस्तर विकासमा राज्यको ध्यान नपुगेको वताउनु भयो । गुणस्तरीय शिक्षाको लागि राज्यले शिक्षामा लगानी वढाउनु आवश्यक रहेको उहाँको भनाई थियो ।
विद्यालयलाई के कस्ता सहयोग आवश्यक पर्ने हो प्रपोजल तयार गरि आएमा प्रदेश स्तरवाट आफुले सक्दो सहयोग गर्ने दाहालले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वोल्दै रोटरी क्लव अफ चितवनका अध्यक्ष रोशन पियाले विद्यालयको शैक्षिक विकासमा रोटरी क्लव अफ चितवनले सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोगको लागि प्रतिवद्ध रहेको वताउनु भयो । कार्यक्रममा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा आर्थिक समितिका संयोजक शरद गोपाल न्याच्छ्यौं, शिक्षक अभिभावक संघका अध्यक्ष तोयानाथ चालिसेलगायतले वोल्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले विद्यालयको स्तरवृद्धिको लागि स्थापना गरिएको अक्षयकोषको राशि एक करोड पु¥याउने लक्ष्य लिईएको हुँदा सम्पुर्ण सदस्य एवं अभिभावक तथा सरोकारवाला सम्पुर्णलाई सहयोग गरिदिन आग्रह गर्नुभयो । मंगलबारमात्रै उक्त अक्षयकोषको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान श्रेष्ठ र आर्थिक समितिका संयोजक शरदगोपाल न्याच्छ्यौंले एक÷एक लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय