Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

९ फागुन। नेकपा ओली समूहले रुकुम पश्चिमको जिल्ला पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड( माधव समूहले खोलेको छ । शनिबार दुबै समूह एकै पटक पार्टी कार्यालयमा पुगेपछि विवाद भएको थियो र साँझमा ओली समूहले आफ्नो दाबी गर्दै ताला लगाएको थियो ।
तर, विहानै प्रचण्ड(माधव समूहले ताला फोरेर कार्यालय सञ्चालनमा ल्याएको जिल्ला संयोजक गोपाल शर्मा अनलले बताए । ‘राति तालामाथि अर्को ताला लगाइएको रहेछ, साथीहरुले विहान कार्यालय खोलिसक्नुभयो । यो प्रचारका लागि मात्रै गरिएको हो’, उनले भने ।
ओली समूहले भने रुकुम पश्चिमको बागबजारस्थित मदन आश्रति स्मृति भवनमा जिल्ला कमिटी बैठक बसिरहेका बेला हुलदंगा गरिएकाले ताला लगाएको बक्तव्यमार्फत जानकारी दिएको छ । ओली समूहले ताला लगाएपछि प्रशासनलाई सुरक्षा व्यवस्था गरिदिन भन्दै निवेदन पनि दिएको थियो ।
कार्यालयको चलअचल सम्पत्ति सुरक्षाको मागसहित ओली समूहका संयोजक टंकप्रसाद वलीले निवेदन दिएका छन् । अर्का समूहका संयोजक अनलले भने हुलदंगा गरिएको आरोप अस्वीकार गरे ।
‘महिला संगठनको कार्यक्रम पहिले तय भएको थियो । साथीहरुले पनि त्यहाँ अर्को कार्यक्रम गर्न खोज्नुभएको थियो । तर, भइरहेको कार्यक्रम छोड्ने कुरा भएन’, उनले भने ।
पश्चिम रुकुममा विभाजन अगाडिका संयोजक र सहसंयोजक नै प्रचण्ड(माधव समूहमा लागेका छन् । पूर्वएमालेका जिल्ला अध्यक्ष विमल पुन पनि यही समूहमा लागेकाले यहाँ ओली समूह अल्पमतमा छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय