Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

९ फागुन । नेपाली कांग्रेस नेता डा। शेखर कोइरालाले संसद् पुनर्स्थापनाको मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिएको बताएका छन् ।
‘अस्ति निर्वाचन आयोगलाई सूर्य चिह्न दे भनेर धम्की दिनुभएको थियो, हिजो विराटनगरमा आएर सर्वोच्च अदालतलाई धम्की दिनुभयो’ मोरङको सुन्दरहरैचामा आइतबार आयोजित कार्यक्रममा बोल्दै डा। कोइरालाले भने, ‘मैले गरेको विघटनलाई बदर गर्‍यो भने आन्दोलन गर्छु रे ।’
संसद् पुनर्स्थापनाको विकल्प नभएको डा। कोइरालाको निष्कर्ष छ । उनले भने, ‘सर्वोच्चले कुन धारा टेकेर असंवैधानिक संसद् विघटनलाई सदर गर्दो रहेछ भनेर तीन करोड जनताले नियाली रहेका छन् किनभने संसद् पुनर्स्थापनाको अर्को विकल्प नै छैन ।’
सामाजिक सञ्जाल निर्देशिका ल्याएर सरकारले अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन खोजेको नेता कोइरालाको भनाइ छ । अधिनायकवादको परिणतिको रुपमा यो निर्देशिका आएको उनको निष्कर्ष छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय