Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
सातामा दुई दिन विदाको मुद्दा फेरि उठाइने
Nepali Unicode | Preeti to Unicode

फागुन ९ । नेपाल पर्यटन बोर्ड एनटीबी ले सातामा दुई दिन विदाको मुद्दा फेरि उठाउने भएको छ । कोभिड–१९ का कारण शिथिल भएको मुलुकको पर्यटन व्यवसायलाई गतिशिलता दिन आन्तरिक पर्यटनको गतिविधि बढाउन दुई दिन विदाको नीति अपरिहार्य भएको भन्दै बोर्डले सो मुद्दालाई पुनः जोडतोडले उठाउने भएको हो ।
यसअघि विदा कार्यान्वयनको सम्बन्धमा अध्ययन समेत भई प्रतिवेदन तयार भइसकेको अवस्थामा मन्त्री तथा कर्मचारीको हेरफेरले मुद्दा ओझेलमा परेको बोर्डको भनाई छ । ‘दुई दिन विदा कार्यान्वयनको सम्बन्धमा करिबकरिब हामी अन्तिम चरणमा पुगिसेका थियौं । यसले पूर्णता पाउने पक्कापक्की जस्तै थियो । तर दुर्भाग्यवस, अकस्मात नेपाली राजनीतिक वृतमा आएको उथलपुथलले यो मुद्दा किनारा लाग्न पुगेको छ ।’
पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक सिईओ धनन्जय रेग्मीले भने, ‘तर हामी यो मुद्दालाई छाड्नेवाला छैनौं । मुलुकको पर्यटन व्यवसायको गतिशिलताका लागि हामी यो मुद्दा फेरि बोक्छौं । हामीलाई तपाईहरु सबैको साथ र सहयोगको खाँचो छ । अझ बढि तपाई सञ्चारकर्मी मित्रहरुको साथ र सहयोगको खाँचो छ’ सिईओ रेग्मीले भने
त्यसो त निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले कोभिडकै कारण प्रभावित मुलुकको पर्यटन व्यवसायलाई गतिशिलता दिनका लागि सातामा दुई दिन सार्वजनिक विदा दिने नीति अघि सारेका थिए । सो नीति कार्यान्वयनको सवालमा मन्त्री भट्टराईकै पहलमा मन्त्रालयको नेतृत्वमा अध्ययन समिति बनेर प्रतिवेदन समेत तयार भइसकेको छ । तर पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै मन्त्री भट्टराईले राजीनामा दिइसकेका छन् । त्यसो त नेतृत्वकर्ताको हैसियतले मुद्दा उठाउने मन्त्रीकै वहिर्गमनले अहिले सो मुद्दा के हुने अनिश्चित बन्न पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय