Nepali Unicode | Preeti to Unicode
 BREAKING
सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक |

फागुन ९ । नेपाल पर्यटन बोर्ड एनटीबी ले सातामा दुई दिन विदाको मुद्दा फेरि उठाउने भएको छ । कोभिड–१९ का कारण शिथिल भएको मुलुकको पर्यटन व्यवसायलाई गतिशिलता दिन आन्तरिक पर्यटनको गतिविधि बढाउन दुई दिन विदाको नीति अपरिहार्य भएको भन्दै बोर्डले सो मुद्दालाई पुनः जोडतोडले उठाउने भएको हो ।
यसअघि विदा कार्यान्वयनको सम्बन्धमा अध्ययन समेत भई प्रतिवेदन तयार भइसकेको अवस्थामा मन्त्री तथा कर्मचारीको हेरफेरले मुद्दा ओझेलमा परेको बोर्डको भनाई छ । ‘दुई दिन विदा कार्यान्वयनको सम्बन्धमा करिबकरिब हामी अन्तिम चरणमा पुगिसेका थियौं । यसले पूर्णता पाउने पक्कापक्की जस्तै थियो । तर दुर्भाग्यवस, अकस्मात नेपाली राजनीतिक वृतमा आएको उथलपुथलले यो मुद्दा किनारा लाग्न पुगेको छ ।’
पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक सिईओ धनन्जय रेग्मीले भने, ‘तर हामी यो मुद्दालाई छाड्नेवाला छैनौं । मुलुकको पर्यटन व्यवसायको गतिशिलताका लागि हामी यो मुद्दा फेरि बोक्छौं । हामीलाई तपाईहरु सबैको साथ र सहयोगको खाँचो छ । अझ बढि तपाई सञ्चारकर्मी मित्रहरुको साथ र सहयोगको खाँचो छ’ सिईओ रेग्मीले भने
त्यसो त निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले कोभिडकै कारण प्रभावित मुलुकको पर्यटन व्यवसायलाई गतिशिलता दिनका लागि सातामा दुई दिन सार्वजनिक विदा दिने नीति अघि सारेका थिए । सो नीति कार्यान्वयनको सवालमा मन्त्री भट्टराईकै पहलमा मन्त्रालयको नेतृत्वमा अध्ययन समिति बनेर प्रतिवेदन समेत तयार भइसकेको छ । तर पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै मन्त्री भट्टराईले राजीनामा दिइसकेका छन् । त्यसो त नेतृत्वकर्ताको हैसियतले मुद्दा उठाउने मन्त्रीकै वहिर्गमनले अहिले सो मुद्दा के हुने अनिश्चित बन्न पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय