
फागुन ९ । गीत ‘यो बिछोड हो कि माया’ यतिबेला चर्चामा छ । केही दिनअगाडि सार्वजनिक गीत धेरैले रुचाएका छन् । समाचार तयार गर्दासम्म गीतले युट्युवको ट्रेनिङको ७ औं स्थान ओगट्न सफल भएको छ । गीतका कारण यसका गायक रोमन प्रकाशको समेत अहिले चर्चा चुलिएको छ । गीतको अलवा रोमनको स्वरको पनि प्रशंसा गरिएको छ ।
गीतमा रोमनलाई रचना रिमालले स्वरमा साथ दिएकी छन् । भिडियोमा भने प्रकाश सपूत र आँचल शर्माको अभिनय देख्न सकिन्छ । मुस्ताङमा छायांँकन गरिएको यो गीतमा प्रकाश र आँचल प्रेमी प्रेमिकाको रुपमा देखिएका छन् ।
गीतमा उत्तम विचारले शब्द, रिमेश कुमारको संगीत रहेका गीतको भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् ।
विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन तथा अमन मानन्धरको सम्पादन छ ।