Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन ९ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कान्छाराम रुम्बालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति करिब ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक बिनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले वडा अध्यक्ष रुम्बालाई नियन्त्रणमा लिएको हो ।
राक्सिराङ गाउँपालिका वडा –१ घ्याङ्सिङटार पारीभित्ता भन्ने स्थानबाट प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागूऔषध गाँजा नियन्त्रण गर्न भन्दै प्रहरीको बा१ग २०९० नम्बरको भ्यानसहित सो क्षेत्रमा प्रहरी टोली पुग्दा स्थानीयलाई प्रहरीमाथि जाइलाग्न उत्तेजित बनाएको र हातपात गरेपछि रुम्बालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए् । कुरा गर्दै राठौरले भने ‘लागूऔषध नियन्त्रणका लागि खटिएको प्रहरीको काममा स्थानीयहरुलाई उत्तेजित बनाई बाधा पुर्याएको र प्रहरीमाथि हातपात गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो ।’ तर लागूऔषध गाँजा नियन्त्रण तथा रोकथामका लागि भन्दै खटिएको प्रहरीले आफूसँग अन्य मानिसहरुसमेत लिएर गाउँलेलाई आतंकित पार्ने काम गरेको र त्यसको प्रतिकार गर्दा वडा अध्यक्ष रुम्बालाई पक्राउ गरेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय