Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन ९ ।जापानकी नाओमी ओसाकाले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छिन् । यो उनको दोस्रो अस्टे«लियन ओपन तथा समग्रमा चौँथो ग्रान्ड स्लाम उपाधि हो ।
फाइनलमा अमेरिकाकी जेनिफर ब्राडीलाई हराउँदै नाओमीले उपाधि जितेकी हुन् । १ घण्टा ३० मिनेटसम्म चलेको खेलमा उनले ६–४ र ६–३ को सोझो जीत दर्ता गराइन् । २५ वर्षीया जेनिफरका लागि यो नै ग्रान्ड स्लामको पहिलो फाइनल खेल थियो । यसअघि युएस ओपनमा पनि उनी नाओमीसँग भिडेकी थिइन्, उक्त सेमिफाइनल खेल पनि नाओमीकै पक्षमा गएको थियो ।
नाओमीले दुईपटक युएस ओपनको उपाधि पनि जितेकी छिन् । उनले २०१८ र २०२० मा यो उपाधि जितेकी हुन् । त्यस्तै उनी तीनपटक फ्रेन्च ओपन र दुुईपटक बिम्बल्डनको फाइनलमा पुगिसकेकी छिन् । हैटीका बाबु तथा जापानी आमाकी सन्तान नाओमीको जन्म जापानको ओसाकास्थित चुओ–कुमा भएको हो । उनी अहिले महिला एकलतर्फकी विश्व नम्बर एक खेलाडी हुन् । एकलतर्फ विश्व नम्बर एक बन्ने उनी पहिलो एशियाली खेलाडी समेत हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय