Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
धनुषाबाट अपहरित बालकको ७ घण्टाभित्रै उद्धार, बुवा र मामा पक्राउ
Nepali Unicode | Preeti to Unicode

९ फागुन । धनुषाबाट अपहरणमा परेका एकजना बालकको ७ घण्टाभित्रै सकुशल उद्धार गरिएको छ । अपहरणमा संलग्न बालकका मामासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालकका बुवा पनि छन् ।
जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो । ‘फिरौती माग गरिएपछि बच्चा अपहरणमा परेको जानकारीमा आयो,’ प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले भने, ‘लगत्तै खटिएको प्रहरी टोलीले बच्चालाई जनकपुरधामबाटै फेला पारेर उद्धार गरिएको छ ।’
बच्चालाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको छ ।
बच्चाको अपहरणमा संलग्न भएका उनका दुई जना मामा पक्राउ परेका छन् । लक्ष्मेश्वर दास र अर्का एक जनाको नाम खुल्न सकेको छैन् ।
प्रहरीले अपहरित बालकका पिता रमेशलाई पनि पक्राउ गरेको छ । बच्चा अपहरणमा उनको पनि संलग्नता भएको आशंकामा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालकको अपहरण भएको सम्बन्धमा थप जानकारी दिन प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय, धनुषामा पत्रकार सम्मेलन गर्दैछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय