Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

७ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुईजना नेताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नेताद्वय भेषराज भुसाल र देवबहादुर केसी छन् । विप्लव समूहसहितका चार दलीय रणनैतिक संयुक्त मोर्चाले बिहीबार बुटवलमा गरेको सभामा सहभागी भएका नेता भुसाल र केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
भुसाल र केसी पक्राउको चार दलीय मोर्चाले विरोध गर्दै अविलम्ब रिहागर्न माग गरेको छ । मोर्चाका नेताहरु रामसिंह श्रीस र ऋषिराम कट्टेलले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेताहरुको रिहाइमा पहल गरिदिन मानवअधिकारवादी संघसंस्था, सञ्चार जगत र नागरिक समाजसँग अपील गरेका छन् ।
शान्तिपूर्ण सभामा सहभागी भएर विचार व्यक्त गरेको आधारमा पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप र निरंकुश कदम भएको विज्ञप्तिमा उल्लेख छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले पक्राउ परेका नेतामाथि अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय