Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

७ फागुन, । विभागीय टोली नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिगमा तेस्रो भएको छ । शुक्रवार भएको आफ्नो अन्तिम खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० को फराकिलो अन्तरले पराजित गर्दै पुलिसले तेस्रो स्थान पक्का गरेको हो ।
१२ खेलबाट पुलिसले १८ अंक जोड्यो । चौदण्डीगढीले भने सबै १२ खेलमै हार व्यहोर्‍यो । यसअघि नै एपीएफले उपाधि पक्का गरिसक्दा आर्मी दोस्रो बनिसकेको छ । एपीएफ र आर्मीबीच शुक्रवारै लिगको अन्तिम खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसलाई जित दिलाउन निरु थापाले ह्याट्रिकसहित चार गोल गरिन् । यस्तै निर्मला विकले ह्याट्रिक गरिन् । सुनकली राई र अमृता जैसीले एक गोल गरिन् । एक गोल उदयपुरका खेलाडीले आत्मघाती गरेका थिए । निरुले खेलको तेस्रो छैटौं र ११औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । उनले २८औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् । यस्तै निर्मला विकले ३६औं, पहिलो हाफको इन्जुरी टाइम र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
यस्तै ६१औं मिनेटमा सुनकला राईले गोल गरिन् । ३०औं मिनेटमा चौदण्डीगढीकी सुजाता राईले आत्मघाती गोल गरेकी थिइन् । अमृता जैसीले इन्जुरी टाइममा गोल गरिन् ।
पहिलो चरणमा पुलिसले चौदण्डीगढीलाई ६(० ले पराजित गरेको थियो ।
१२ खेलबाट ५ जित, ३ बराबरी र ४ हारसहित १८ अंक जोडेको पुलिसले वालिङ नगरपालिका र विराटनगर महानगरपालिकालाई पछि पारेको हो । १७ अंकसहित वालिङ चौथो र विराटनगर १६ अंकसहित पाँचौ भएको छ । पुलिस एपीएफसँग दुवै खेलमा पराजित भएको थियो भने वालिङ र विराटनगरसँग एक(एक खेलमा हार व्यहोरेको थियो । यस्तै आर्मीलाई भने दुवै खेलमा बराबरीमा रोकेको थियो ।
तेस्रो बनेको पुलिसले ५ लाख पुरस्कारसमेत पक्का गरेको छ । यस्तै चौथो भएको वालिङले ३ लाख पाउनेछ ।
चन्द्रपुर ९ अंक जोड्दै छैटौं स्थानमा रह्यो । यस्तै लिगको सबै खेल हारेको चौदण्डीगढीले अंकविहीन हुँदै लिग सकायो । चौदण्डीगढीले १२ खेलमा जम्मा ४ गोल गर्दा १०६ गोल व्यहोर्‍यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय