Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन ७ । कोरोना महामारीको समयमा प्रदेश २ का विभिन्न कोभिड अस्पतालमा करारमा खटाइएका कर्मचारीहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तलव भत्ता नपाएको गुनासो गरेका छन् । प्रदेश २ का आठवटै जिल्लामा कोरोना महामारीको समयमा विज्ञापन गरी २०७७ असार मसान्तसम्मको नियुक्ति दिइ खटाइएका स्वास्थ्यकर्मीलाई आर्थिक वर्ष २०७७र०७८ को पहिलो चौमासिकसम्मका लागि सेवा अवधि थप गर्ने निर्णयसहित प्रदेशको सामाजिक विकास मन्त्रालयले पत्र पठाएको थियो । तर थपिएको अवधिको तलब तथा भत्ता आफूहरुले अझैसम्म नपाएको पीडित कर्मचारीको गुनासो छ ।
आफ्नो तलबभत्ता भुक्तानीका लागि उनीहरुले सामाजिक विकास मन्त्री, राज्यमन्त्रीसहित मुख्यमन्त्री लालबाबु राउतलाई समेत भेटेर आग्रह गरे पनि अझैसम्म भुक्तानी पाउन नसकेको पीडित कर्मचारीमध्येकै एक डा। पप्पुकुमार यादवले बताए ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ती स्वास्थ्यकर्मीको थपिएको चार महिनाको अवधिका सम्बन्धमा दरबन्दी प्रक्रिया नमिलेका कारण तलब भत्ता रोकिएको हो । नियमानुसार प्रदेश मन्त्रिपरिषदको बैठकले दरबन्दी सिर्जना गर्नुपर्ने भए पनि पूर्व निर्धारित दरबन्दीअनुसारको करार अवधि समाप्त भइसकेपछि थप गरिएको समयावधिका लागि मन्त्रिपरिषद बैठकले दरबन्दी अनुमोदन गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय