Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

७ फागुन। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहका सहयोगी सामग्री लेख्ने विज्ञहरु छनोटका लागि आवेदन माग गरेको छ । केन्द्रले सूचना प्रकाशित गर्र्दै सात दिन भित्र योग्यता पुगेका नागरिकबाट आवेदन माग गरेको हो ।
कक्षा ११ का अनिवार्य अंग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका खुला शिक्षातर्फका स्वाध्ययन सामग्रीहरू र अनौपचारिक शिक्षा तथा जीवनपर्यन्त सिकाइ अन्तर्गत राष्ट्रिय योग्यता प्रारुपमा उल्लेख भएबमोजिमका विषयगत नमूना सिकाइ सामग्रीहरू तयार गर्न विज्ञ सूची छनोट गर्न लागिएको हो ।
आधारभूत तहको सामग्री लेखनका लागि सम्बन्धित विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण र कक्षा ११ को हकमा न्यूनतम स्नातकोत्तर तह उत्तीर्ण गरी सो विषयको प्राध्यापक वा पाठ्यक्रम विज्ञ वा सम्बन्धित विषयको लेखक वा शिक्षक वा मूल्यांकनकर्ता वा अनौपचारिक शिक्षा तथा खुला विद्यालय शिक्षा विषयको विज्ञ हुनुपर्ने सर्त राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय