Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

७ फागुन। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहका सहयोगी सामग्री लेख्ने विज्ञहरु छनोटका लागि आवेदन माग गरेको छ । केन्द्रले सूचना प्रकाशित गर्र्दै सात दिन भित्र योग्यता पुगेका नागरिकबाट आवेदन माग गरेको हो ।
कक्षा ११ का अनिवार्य अंग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका खुला शिक्षातर्फका स्वाध्ययन सामग्रीहरू र अनौपचारिक शिक्षा तथा जीवनपर्यन्त सिकाइ अन्तर्गत राष्ट्रिय योग्यता प्रारुपमा उल्लेख भएबमोजिमका विषयगत नमूना सिकाइ सामग्रीहरू तयार गर्न विज्ञ सूची छनोट गर्न लागिएको हो ।
आधारभूत तहको सामग्री लेखनका लागि सम्बन्धित विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण र कक्षा ११ को हकमा न्यूनतम स्नातकोत्तर तह उत्तीर्ण गरी सो विषयको प्राध्यापक वा पाठ्यक्रम विज्ञ वा सम्बन्धित विषयको लेखक वा शिक्षक वा मूल्यांकनकर्ता वा अनौपचारिक शिक्षा तथा खुला विद्यालय शिक्षा विषयको विज्ञ हुनुपर्ने सर्त राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय